News

भाद्र १२, बुुटवल । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस लुम्बिनी वाणिज्य क्याम्पसले सामाजिक उत्तरदायित्व अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ११ का टोल विकास संस्थाका अध्यक्षहरुका लागि नेतृत्व विकास सम्बन्धी दुई दिने तालिम मंगलबार सुरु गरेको छ ।

आन्तरिक गुणस्तर सुनिश्चितता सेल लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा सुरु भएको दुई दिने तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि एवं बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले लुम्बिनी वाणिज्य क्याम्पसले क्याम्पस रहेको वडाका टोल विकास संस्थाका अध्यक्षहरुलाई तालिम प्रदान गरेकोमा खुशि व्यक्त गर्नुभयो साथै उहाँले क्याम्पसले विद्यार्थी मात्र नभई सिगंो समाजलाई नै आवश्यक सिप तथा तालिमहरु दिदै आएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

उद्घाटन सत्रका अध्यक्ष एवं क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले क्याम्पसले राष्ट्रमै उत्कृष्टताको ताज पहिरिनुमा प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावकका साथै समाजको पनि योगदान रहेकोले यस प्रकारका कार्यक्रम मार्फत क्याम्पस निरन्तर समाजसंग जोडिदै आएको बताउनुभयो  साथै तालिमले टोल विकास संस्थाका अध्यक्षहरुमा थप उर्जा पैदा भई कार्यसम्पादनमा पनि सकारात्मक प्रभाव पार्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो । 
उद्घाटन सत्रमा एम.वि.ए. कार्यक्रम निर्देशक उपप्राध्यापक ललितमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने आन्तरिक गुणस्तर सुनिश्चितता सेल संयोजक पुनाराम घिमिरेले कार्यक्रमको संचालन गर्नुभएको थियो । 

बुटवल उपमहानगरपालिका वडा नं. ११ का सबै टोल विकास संस्थाका अध्यक्षहरु तथा क्याम्पसका स्नातकोत्तर तहका केही विद्यार्थीहरुको पनि सहभागिता रहेको तालिमको पहिलो दिन स्रोत व्यक्ति सह प्राध्यापक राजेन्द्र लम्सालले नेतृत्वमा हुनुपर्ने गुणहरु, नेतृत्व शैलिका प्रकार, अहिलेको युगमा आवश्यकीय नेतृत्व गुण लगायतका बारेमा प्रशिक्षण दिनुभएको थियो ।

भाद्र ७ बुटवल । बुटवलमा शैक्षिक संस्था तथा उद्योगी व्यवसायीबिच संवाद एवं अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पस प्लेसमेण्ट एण्ड काउन्सिलिङ सेलको आयोजनामा भएको कार्यक्रम क्याम्पस सञ्चालक समिति उपाध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजुको प्रमुख आतिथ्यता तथा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारीको विशिष्ट अतिथ्यता रहेको थियो ।
बुटवल क्षेत्रका उद्यमी, उद्योगी व्यवसायी, वित्तिय संस्थाका प्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, शैक्षिक व्यक्तित्व, पत्रकार, विद्यार्थी लगायत गरि सत्तरी बढी सहभागि भएको कार्यक्रममा  लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले कार्यक्रमको औचित्यताको बारेमा प्रष्ट पार्दै विश्वविद्यालयले प्रदान गर्दै आएको शिक्षा र उद्योग तथा अन्य रोजगारदाताका लागि आवश्यक दक्ष जनशक्ति बिचको अन्तर पत्ता लगाई अन्तर घटाउनु कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो साथै उहाँले त्यसको लागि कार्यक्रमको निचोड तथा आवश्यकता अनुसारका पाठ्यक्रम परिवर्तन, सीप अभिवृद्धिका कार्यक्रम, तथा अतिरिक्त व्यवहारीक तथा प्रयोगात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
दुई सत्रमा विभाजन गरिएको कार्यक्रमको पहिलो सत्रमा विशिष्ट अतिथि एवं  त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका विभागीय प्रमुख प्रा.डा. शिवराज अधिकारीले विद्यमान पाठ्यक्रम र बजारको आवश्यकता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जसमा देशको अर्थतन्त्रमा आएको परिवर्तनसंगै रोजगार क्षेत्रमा भएको परिवर्तन, त्यसका असर, प्रतिभा पलायनको अवस्था लगायतका बारेमा प्रष्ट पार्दै आगामी समयमा उद्यमी र उद्यमशिलतालाई शिक्षासंग जोड्न थप गर्नुपर्ने कार्यहरुका बारेमा पनि बताउनुभएको थियो ।

दोश्रो सत्रको कार्यक्रममा बोल्दै क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले क्याम्पसले उद्योगी व्यवसायी, बैंकीङ्ग क्षेत्र लगायतका  रोजगारदाताहरु सित नियमित समन्वय तथा संवाद गरेर नै पाठ्यक्रम तयार पारी त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत गराई अध्यापन गराइरहेको बताउनुभयो साथै उहाँले समय सापेक्ष पाठ्यक्रम निर्माण गर्न उर्जा प्रदान गरेकोमा  त्रिभुवन विश्वविद्यालय तथा विश्वविद्यालय अनुदान आयोगप्रति धन्यवाद ज्ञापन समेत गर्नुभयो ।

कार्यक्रममा उद्योगी व्यावसायीहरु नेपाल उद्योग व्यापार महासंघ नेपालका महासचिव खेमनारायण पराजुली, नेपाल घरेलु तथा साना उद्योग महासंघ  लुम्बिनी प्रदेश सदस्य माया खनाल, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष नरिश्वर शर्मा, रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण घिमिरे, उद्यमी सुरज उप्रेती, उद्यमी अनिल श्रेष्ठ, उद्यमी  सोनाली गुरुङ, उद्यमी महेन्द्र न्यौपाने, उद्यमी माधव नेपाल, उद्यमी बसन्त रोका क्षेत्री, उद्यमी  कमल जंग कुँबर लागायतले अझै पनि विश्वविद्यालयले बजारको आवश्यकता अनुसारको जनशक्ति तयार गर्न नसकेको औल्याउनुभयो ।

कार्यक्रममा शैक्षिक व्यक्तित्वहरु बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख स प्रा. डा. खिमानन्द न्यौपाने, तिलोत्तमा क्याम्पसका प्रिन्सिपल प्रा.डा. रामचन्द्र आचार्य, बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, राममणि क्याम्पसका क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले उद्योग व्यावसाय क्षेत्रले खोजे अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न र उद्यमी व्यावसायीसंग निरनतर संवादमा रहन पनि आफुहरु तयार रहेको बताउनुभयो साथै यसको पहल गर्ने लुम्बिनी वाणिज्य क्याम्पसलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो ।

यस्तै वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईँले लुम्बिनी वाणिज्य क्याम्पसले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्दै विश्वविद्यालय र रोजगारदाताबिच देखिएका अन्तर पुर्नका लागि छिटो भन्दा छिटो बोलेर भन्दा पनि काम गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।

यस्तै सरकारी निकायका प्रतिनिधिहरु श्रम तथा रोजगार कार्यालय, बुटवलका उपसचिव गिरी राज ज्ञवाली, बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन प्रमुख प्रकाश अधिकारी लगायतले उद्यमी र शैक्षिक संस्थाबिचको अन्तर कम गर्न सरकार लागिरहेको बताउनुभयो ।

बैकिङ्ग क्षेत्रबाट कृषि विकास बैंक लि. लुम्बिनी प्रदेश प्रमुख नारायण प्रसाद आचार्य, नेपाल बैंक लिमिटेडकी प्रतिज्ञा सुवेदी, ग्लोबल आई.एम.ई. बैंकका पिताम्बर पोखरेल, शाइन रेसुगा डेभलपमेन्ट बैंकका प्रवास राई लगायतले बोल्दै बैकिङ्ग क्षेत्रले प्राप्त गरेका जनशक्ति सन्तोषजनक नै रहेको बताउदै आउदा दिनमा बैकिङ्ग क्षेत्रमा भइरहेका परिवर्तनहरुलाई पाठ्यक्रममा समावेश गर्न आग्रह गर्नुभयो ।

स्वतन्त्र विद्यार्थी युनियन लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष विजय कार्कीले क्याम्पसले हप्ताको एक दिन किताब अध्ययन नगराई सिपमुलक तथा व्यवहारीक ज्ञानका लागि छुट्याउनुपर्ने बताउदै उहाँले थप्नुभयो लुम्बिनी वाणिज्य क्याम्पसले समय सापेक्ष ज्ञान प्रदान गर्नकै लागि स्वायत्त कार्यक्रमहरु त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत गराई ल्याएको हो जस्तो लाग्छ तर विभिन्न प्रकारका भ्रम सिर्जना किन गरियो वा क्याम्पसले स्वायत्तताका बारेमा बुझाउन  सकिरहेको छैन यो विषयमा आफु अन्यौलमा परेको बताउनुभयो । 
लुम्बिनी वाणिज्य क्याम्पस प्लेसमेण्ट एण्ड काउन्सिलिङ सेलका संयोजक उपप्राध्यापक डिल्लिराज गौतमले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने अन्तिममा कार्यक्रमको निष्कर्श ¥यापोेटियर उपप्राध्यापक रोम नाथ शर्माले प्रस्तुत गर्नुभएको मोहन पौडेलले जानकारी दिनुभयो ।


 

भाद्र १ । बुटवल देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसले डेङ्गु सचेतना अभियान अन्तर्गत ¥याली सम्पन्न गरेको छ । 
बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, स्थानीय टोल विकास संस्था, प्रहरी, प्राध्यापक, कर्मचारी, स्ववियु पदाधिकारी, विहानी सत्रमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा रहेको  सचेतनामुलक ¥याली क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले उद्घाटन गर्नुभएको थियो । 
क्याम्पस प्राङ्गणबाट निस्केको ¥यालीले देविनगर क्षेत्रको परिक्रमा गरेको थियो भने डेङ्गु रोगका लक्षण, बच्ने उपाय लेखिएका व्यानर, प्लेकार्ड सहित सहभागिहरु उपस्थित भएका थिए । 
¥यालीको पूर्वसन्ध्यामा बोल्दै प्राध्यापक तथा विद्यार्थीहरुले लामखुट्टेका बासस्थान खोजी गरी फुल, लार्भा, प्युपा नष्ट गर्नुपर्ने, सरसफाइ अभियान नियमित चलाउनुपर्ने, आफ्नो घरमामात्रै सफा राखेर हुँदैन, वरिपरिको सफाइमा पनि ध्यान दिनुपर्ने, लामखुट्टेबाट बच्न शरिर ढाकिने कपडा लगाउनुपर्ने, सुत्ने क्रममा झुलको प्रयोग गर्नुपर्ने लगायतका विचार व्यक्त गर्नुभएको थियो ।

श्रावण ३, बुुटवल । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७८ सालमा सञ्चालित बि.बि.एस. दोश्रो बर्षको बार्षिक परीक्षामा बुटवल देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसकी छात्रा आयुष्मा रेश्मी मगर नेपाल प्रथम भएकी छन् ।
वाणगंगा २ कपिलबस्तु स्थायी घर भई लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत मगरले ८४.४० प्रतिशत सहित नेपाल प्रथम बनेकी हुन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट लिइने स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षाहरुमा पटक–पटक बोर्ड प्रथम, वोर्ड द्धितीय, बोर्ड तृतीय र प्राय जसो दशौ स्थान प्राप्त गरिरहेको क्याम्पसले हालै प्रकाशित बि.बि.एम. सातौं सत्रको नतिजामा समेत शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ भने विश्वविद्यालय तृतीय स्थानमा समेत विद्यार्थी सिलम श्रेष्ठ पर्न सफल भएको क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

Read More

आषाढ २३ बुटवल देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को तेह्रौ सभा शनिबार सम्पन्न भएको छ ।
क्याम्पस व्यवस्थापन तथा विकास परिषद्का अध्यक्ष मोतीलाल पाण्डेको अध्यक्षता तथा क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायको संचालन रहेको सभामा जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष उमाकान्त चपाइँको प्रमुख आतिथ्यता रहेको थियो ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको स्वागत मन्तव्य रहेको सभामा प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष उमाकान्त चपाइँ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजु, क्याम्पस संचालक समितिका पूर्व अध्यक्ष निर्मल प्रसाद लाकौल लगायतले बोल्नुभएको थियो ।
तेह्रौ सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष मोतिलाल पाण्डेले प्रस्तुत गर्नुभएको अध्यक्षको वार्षिक प्रतिवदेन, क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको आ.व. ०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन र आ.व ०८०÷०८१ को अनुमानित बजेट, आ.व. ०७९÷०८० का लागि लेखा परीक्षकको नियुक्ति लगायतका विषयमा छलफल गरि अनुमोदन समेत गरेको छ ।

असार २२ । लुम्बिनी वाणिज्य क्याम्पसको पुस्तकालय व्यवस्थापन सेल, लेखाशास्त्र विभाग, अतिरिक्त क्रियाकलाप विभाग तथा बित्तशास्त्र विभागको विभागीय प्रमुखहरुको पदस्थापन एक कार्यक्रमका बिच शुक्रबार सम्पन्न भएको छ । 

नवनियुक्त पुस्तकालय व्यवस्थापन सेल संयोजकमा सह प्रा. माधव प्रसाद नेपाल, लेखाशास्त्र विभागको विभागीय प्रमुखमा उप प्रा. विदुर ज्ञवाली, अतिरिक्त क्रियाकलाप विभाग संयोजकमा उप प्रा. नवराज खरेल,  बित्तशास्त्र विभागको विभागीय प्रमुखमा उप प्रा. नवराज भण्डारी रहनुभएको छ।

पदस्थापन कार्यक्रममा क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुख सह प्रा. विष्णु जोशी लगायतले नवनियुक्त विभागीय प्रमुखहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो।

असार २१। बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्वागत तथा सम्मान कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।

विविएम अप्लाइड तेस्रो सेमेस्टर, विविएम अप्लाईड पाचौ तथा बिबिएम छैठौ सेमेस्टर लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा विविएम अप्लाइड दोस्रो सेमेस्टरका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा  विविएम आठौ सेमेस्टरका विद्यार्थीहरुलाई सम्मान गरिएको हो । 

कार्यक्रममा प्रमुख अतिथि एवं  लुम्बिनी वाणिज्य क्याम्पस, क्याम्पस संचालक  समितिका अध्यक्ष मोतिलाल पाण्डे, विशिष्ट अतिथि एवं सहायक क्याम्पस प्रमुख सह प्राध्यापक विष्णु जोशी, विशिष्ट अतिथि एवं विविएम कार्यक्रम इन्चार्ज उपप्राध्यापक मधुकर शर्मा, विद्यार्थीहरु युशिर श्रेष्ठ, आशिष अर्याल, सिलम श्रेष्ठ लगायतले आआफ्नो भनाइ राख्नुभएको थियो।

विद्यार्थी यासिर मसुदको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सञ्चालन विद्यार्थी गणेश पाण्डे र पुनम क्षेत्रीले गर्नुभएको थियो  । सो अवसरमा  विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण, नवआगन्तुक विद्यार्थीहरुलाई  र विदाइ भइ जाने विद्यार्थीहरुलाई मायाको चिनोसहित सम्मान पनि गरिएको थियो ।

जेष्ठ २८, बुटवल देवीनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसको क्याम्पस प्रमुखमा पुनः प्रा. डा. ताराप्रसाद उपाध्याय नियुक्त हुनुभएको छ । आइतवार बसेको क्याम्पस सञ्चालक समितीको बैठकले क्याम्पस प्रमुखमा पुनः उपाध्यायलाई नियुक्त गरेको हो । उपाध्याय पहिलो ५ वर्षको कार्यकाल सक्याएर दोस्रो कार्यकालको लागि नियुक्त हुनुभएको हो ।
सोही  क्याम्पसमा २०५४ सालदेखि अध्यापन गराउदै आउनु भएका क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. उपाध्यायलाई २०७५ साल असार १ गतेदेखि लागु हुने गरी क्याम्पस सञ्चालक समितिको बैठकले पहिलोपटक क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । 
उहाँको अधिकांश कार्यकाल कोरोना कहरका बिच बितेतापनि उक्त समयमा क्याम्पसलाई मानित विश्वविद्यालयमा रुपान्तरण गर्ने क्याम्पसको दीर्घकालिन सोचले थप गति पाएको थियो भने त्रि.वि.को प्राज्ञिक स्वायत्तता अन्तर्गत ४ वटा स्वायत्त कार्यक्रमहरु थप भई सञ्चालनमा समेत आएका थिए । 
दोस्रो कार्यकालको लागि क्याम्पस प्रमुखमा नियुक्त भएसंगै डा. उपाध्यायले क्याम्पस सञ्चालक समितिप्रति आभार व्यक्त गर्दै क्याम्पसका प्राध्यापक, कर्मचारी र विद्यार्थी सबैको सहयोगमा क्याम्पसले देखेको सपना पूरा गर्न निस्वार्थ रुपले निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
कपिलवस्तुको बाणगंगा नगरपालिकाको गजेडामा जन्मिएर भारतमा अध्ययन गर्नुभएका क्याम्पस प्रमुख डा. उपाध्यायले भारतकै नर्थइष्ट हिल युनिर्भसिटीमा प्रारम्भमा ३ बर्ष अध्यापन गराउनु भएको थियो भने उहाँ गुहाटी विश्वविद्यालको स्नातकोत्तर तहमा गोल्ड मेडलिस्ट समेत हुनुहुन्छ  । डा. उपाध्यायले लुम्बिनी वाणिज्य क्याम्पसमा अध्यापन गराउदै गर्दा भारतको बनारस विश्वविद्यालयबाट नेपालमा वाणिज्य बंैकहरुमा सुशासनको अभ्यास बिषयमा विद्यावारिधि र त्रिभुवन विश्वविद्यालयबाट एलएलबी समेत गर्नुभएको छ ।
लेखनमा समेत निकै रुचि राख्ने उहाँका लेखा तथा लेखापरीक्षण सम्बन्धी १७ वटा पुस्तक प्रकाशित भएका छन् भने २६ बढी अनुसन्धानमुलक लेखहरु नेपाल र विभिन्न देशहरुबाट प्रकाशन हुने जर्नलहरुमा समेत प्रकाशित भएका छन ।
हाल बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मा श्रीमति रजनी शर्मा, छोरी आत्मिका ज्ञवाली, छोरा अनुरन्जन ज्ञवाली सहित बसोवास गर्दै आउनु भएका रोटरी क्लब अफ बुटवलका पुर्व अध्यक्ष समेत रहनुभएका ५४ बर्षिय डा. उपाध्याय विभिन्न व्यवसायीक तथा सामाजिक संस्थाको सल्लाहकार समेत हुनुहुन्छ भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको संचालक समेत हुनुहुन्छ ।

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले तेश्रो चक्रको क्यूएए प्राप्तीका लागि विश्वविद्यालय अनुदान आयोग, नेपालबाट प्रिभिजिट सम्पन्न गरेको छ ।  प्रा.डा. गोविन्द प्रसाद आचार्यको संयोजकत्व तथा नारायण प्रसाद भण्डारी सदस्य रहेको समितिद्वारा प्रिभिजिट मंगलबार सम्पन्न भएको हो ।
२०७५ सालमा एक मात्र सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा नेपाल सरकारवाट पुरस्कृत तथा २०७६ सालमा लुम्बिनी प्रदेश, प्रदेश प्रज्ञा पदक द्धितीयबाट विभुषित क्याम्पसले  विश्वविद्यालय अनुदान आयोगबाट पहिलोपटक २०६८ सालमा गुणस्तर सुनिश्चतता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको थियो भने २०७५ सालमा पुनः दोश्रोपटक क्यूएए प्राप्त गरेको थियो । 
क्युएए प्रक्रियाका एक सय बिस वटा मापदण्ड अन्तर्गतका सूचकहरुमा रहेर प्रा.डा. आचार्य संयोजकत्वको टोलिले जेष्ठ २१, २२ र २३ गते प्रिभिजिट सम्पन्न गरेको हो । सो समितिले प्रिभिजिट प्रश्चात तेश्रो चक्रको क्युएए प्रमाणीकरण गर्नका लागि विभिन्न ८ वटा विधामा आवश्यक सुझाव प्रदान गरेको थियो । सो सुझावलाई कार्यान्वयन गरी क्याम्पसले पुनः स्वअध्ययन प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ त्यस पश्चात् मात्र विश्वविद्यालय अनुदान आयोगबाट अन्तिम चरणको भिजिट रहने क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
प्रिभिजिट समितिले विद्यार्थी, भुपू विद्यार्थी, कर्मचारी, प्राध्यापक, विभिन्न शैक्षिक तथा प्रशासनिक विभागका प्रमुखहरु,  सञ्चालक समिति तथा अन्य सरोकारवालाहरुसंग छुट्टाछुट्टै अन्र्तक्रिया गरेको थियो भने  शैक्षिक तथा प्रशासनिक विभागहरुको प्रत्यक्ष अवलोकन पनि गरेको थियो ।
प्रिभिजिट समितिलाई धन्यवाद ज्ञापन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतिलाल पाण्डेले प्रिभिजिट समितिले प्रदान गरेका सुझावहरु तत्काल कार्यान्वयनका चरणमा लगिने साथै शैक्षिक तथा भौतिक गुणस्तर अभिवृद्धिका लागि क्याम्पस सञ्चालक समितिले कुनै पनि कसर बाकि नराख्ने उद्घोष गर्नुभयो ।
लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता अन्तर्गत पाँचवटा शैक्षिक कार्यव्रmमहरु समेत संचालन गर्र्दैै आएको छ । हाल यस क्याम्पसमा विविएस, विविएम, विविएम–अप्लाईड, विविए–फाइनान्स एण्ड एकाउन्टिङ, एमविएस, एमविएस–फाइनान्स र एमविए–बैकिङ एण्ड फाइनान्स जस्ता कार्यक्रमहरु संचालन भइरहेका छन भने हाल यस क्याम्पसमा कूल ३,२३२ विद्यार्थीहरु ४४ जना प्राध्यापक र २४ कर्मचारी रहेका छन् । 
 

जेष्ठ ५ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशीलता विकास सहयोग कार्यक्रम सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोग, नेपालको अनुदान सहयोगमा शुक्रबार एक कार्यक्रमकाबिच प्रमुख अतिथि एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले उद्यमशीलता विकास सहयोग कार्यक्रमको शुभारम्भ भएको हो ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि कसजुले पछिल्लो समयमा शिक्षण संस्थाहरुमा उद्यमशीलताको बहस हुन थाल्नु सुखद पक्ष रहेको बताउदै यस प्रकारको अभ्यासले उद्यमशीलता मार्फत दीर्घकालिन रुपमा राष्ट्र र समाजलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो साथै उहाँले देश विकासमा उद्यमशीलताको विकास अपरिहार्य रहेकोले उद्यमशील बन्नका लागि सरोकारवाला सबैले प्रेरित गर्नुपर्ने बताउनुभयो ।
उद्घाटन सत्रको कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्याय, नेपाल युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष निरज लाकौल, उद्यम विकास विशेषज्ञ मुकुन्द ज्ञवाली, पब्लिक क्याम्पस प्राध्यापक संघ इकाई समितिका अध्यक्ष धन बहादुर पुन, आइ.क्यु.ए.सी. संयोजक पुनाराम घिमिरे, कर्मचारी संघ इकाई समितिका अध्यक्ष राधा पन्थ सुवेदी लगायतले उद्यमशीलताका बारेमा बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन काउन्सिलिङ एण्ड प्लेसमेन्ट सेल, लुम्बिनी वाणिज्य क्याम्पसका संयोजक डिल्लीराज गौतमले गर्नुभएको थियो ।
उद्घाटन सत्र पश्चात् विद्यार्थी तथा प्राध्यापक कर्मचारीका लागि उद्यमशीलता विकास सम्बन्धी छुट्टाछुट्टै अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा उद्यमशील बन्नका लागि आवश्यक पर्ने सीपहरु तथा तिनको समसामयिक प्रयोगका बारेमा अन्तरप्रेरणा नेपालका कार्यकारी निर्देशक निरज खनाल र कार्यक्रम प्रबन्धक श्रद्धा शाक्यले सहजिकरण गर्नुभएको थियो ।
यस कार्यक्रमबाट प्राज्ञिक तथा व्यवसायिक क्षेत्रका विज्ञमार्फत उद्यमी बन्न चाहने विद्यार्र्थीहरुले व्यवहारिकरुपमै व्यवसायिक ज्ञान प्राप्त गर्नेछन् भने उनिहरुलाई आवश्यक पर्ने प्रारम्भिक लगानि पनि विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोगमा लुम्बिनी वाणिज्य क्याम्पसले प्रदान गर्ने क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले बताउनुभयो । फरक सोचका साथ यस प्रकारको कार्यक्रम शुभारम्भ गरिएको र यसमा विद्यार्थीहरुको चासो र चिन्तन सोही अनुसार रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

जेष्ठ ४ बुुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशीलता विकास सहयोग कार्यक्रम शुक्रबारबाट सुरु हुने भएको छ ।
विश्वविद्यालय अनुदान आयोग, नेपालको अनुदान सहयोगमा उक्त कार्यक्रम शुभारम्भ हुन लागेको क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो । यस कार्यक्रमबाट प्राज्ञिक तथा व्यवसायिक क्षेत्रका विज्ञमार्फत उद्यमी वन्न चाहने विद्यार्र्थीहरुले व्यवहारिकरुपमै व्यवसायिक ज्ञान प्राप्त गर्नुका साथै उनिहरुलाई आवश्यक पर्ने प्रारम्भिक पँुजि पनि प्रदान गरिने उपाध्यायले बताउनुभयो । उहाँले थप्नुभयो – ‘फरक सोचका साथ यस प्रकारको कार्यक्रम शुभारम्भ गरिएको र देश विकासलाई उद्यमशीलता विकास अपरिहार्य रहेकोले क्याम्पसले यसलाई प्राथमिकतामा राख्दै आएको छ ।’
उद्यमशीलता विकास सहयोग कार्यक्रमको शुक्रबार एक कार्यक्रमकाबिच नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य एवं बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले उद्घाटन गर्दै हुनुहुन्छ भने शुक्रबार नै उक्त कार्यक्रमको सम्बन्धमा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको काउन्सिलिङ एण्ड प्लेसमेण्ट सेल, लुम्बिनी वाणिज्य क्याम्पसका संयोजक डिल्लीराज गौतमले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रममा सय भन्दा बढि उद्यमशील बन्न चाहानेहरुको सहभागिता रहने छ । 

बुटवल। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लुम्बिनी वाणिज्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन समिति गठन भएको छ। 

क्याम्पसका सहप्राध्यापक गोपाल प्रसाद पाण्डे निर्वाचन अधिकृत रहेको ११ सदस्यीय निर्वाचन समिति गठन भएको  क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले बताउनुभयो । 

निर्वाचन समितिको सदस्यहरूमा उपप्राध्यापक निरज गौतम, उपप्राध्यापक धन बहादुर पुन, उपप्राध्यापक मधुकर शर्मा, उपप्राध्यापक ललितमान श्रेष्ठ, उपप्राध्यापक माया आचार्य, उपप्राध्यापक डिल्लिराज गौतम, उपप्राध्यापक द्वारिका प्रसाद गौतम, उपप्रशासक सविता शाक्य, उपप्राध्यापक तुल्सी प्रसाद भुसाल र सदस्य सचिवमा उपप्राध्यापक विदुर ज्ञवाली  रहनुभएको छ। 

त्रिविले गत पुस २८ गते आङ्गिक क्याम्पसलाई पत्र र सम्बन्धन प्राप्त क्याम्पसलाई सूचना जारी गर्दै स्ववियु निर्वाचनको पूर्वतयारीमा लाग्न निर्देशन दिएको थियो । त्रिविले विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन आगामी चैत्र ५ गते गर्ने निर्णय गरेको छ । 

फाल्गुन ६ बुटवल । लुम्बिनी वाणिज्य क्याम्पसको ४२ औ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रम आयोजना गरी शनिबार सम्पन्न भएको छ । 
क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतीलाल पाण्डेको अध्यक्षता रहेको उक्त समारोहमा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री माननीय लीला गिरीको प्रमुख आतिथ्यता रहेको थियो । 
झण्डात्तोलन कार्यक्रममा सहभागी भएपश्चात बोल्दै प्रमुख अतिथि गिरीले क्याम्पसले व्यवस्थापन विषयको क्षेत्रमा पु¥याएको योगदानको जति नै प्रसंसा गरेपनि अधुरो हुने बताउदै वाणिज्य क्याम्पस नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस हुनु यस क्षेत्रकै गौरवको विषय रहेको बताउनुभयो । साथै उहाले यस क्याम्पसलाई मानित विश्वविद्यालयमा परिणत गर्नको  लागि आवश्यक शैक्षिक तथा भौतिक विकासमा जस्तोसुकै सहयोगको लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतिलाल पाण्डेको स्वागत एवं अध्यक्षताको मन्तव्य रहेको कार्यक्रममा विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, क्याम्पस संचालक समिति पुर्व अध्यक्ष कुश प्रसाद मल्ली, संस्थापक क्याम्पस प्रमुख महेश्वर प्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजू,  रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, चारपाला सामुदायिक बन उपभोक्ता समुहका निवर्तमान अध्यक्ष ओम प्रकाश ठाकुर, नेपाली कांग्रेसका क्षेत्रीय सचिव मिलन थापा, नेकपा माओबादी केन्द्रका नगर उपाध्यक्ष सुदन अधिकारी, जनमोर्चा पार्टीका नगर अध्यक्ष पदम श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नगर अध्यक्ष हरिसुन्दर वासी, पव्लिक प्राध्यापक संघ ईकाई सभापति धन बहादुर पुन, कर्मचारी संघ लुम्बिनी वाणिज्य क्याम्पस अध्यक्ष राधा पन्थ, विद्यार्थी नेताहरु विजय कार्की, रेशम के.सी., विराज चालिसे, नारायण पाण्डे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने समारोहमा पूर्व क्याम्पस संचालक समितिका अध्यक्षहरु, पूर्व क्याम्पस प्रमुखहरु , विभिन्न क्षेत्रमा रोजगार/स्वरोजगार भएका विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो । साथै विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ती र साताव्यापी रुपमा सञ्चालन भएका अतिरिक्त क्रियाकलापहरुका विजयीहरुलाई प्रमाण पत्र, मेडल तथा शिल्डले पुरस्कृत गरिएको थियोे । सो अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए । औपचारीक कार्यक्रमको सञ्चालन उपप्राध्यापक रोम नाथ शर्माले र  अनौपचारीक कार्यक्रमको सञ्चालन पुनाराम घिमिरेले गर्नुभएको वार्षिकोत्सव समारोह मुल संयोजक माधव नेपालले जानकारी दिनुभयो ।

फाल्गुण ४ बुटवल । लुम्बिनी वाणिज्य क्याम्पसको ४२ औं वार्षिकोत्सव समारोहको अवसरमा आयोजना गरिएको साताव्यापि विविध कार्यक्रमहरु बिहीवार सम्पन्न भएको छ । 
क्याम्पसको वार्षिकोत्सवको अवसरमा भएको प्राध्यापक÷कर्मचारी र विद्यार्थी सङ्गठनबिचको मैत्रीपूर्ण भलिबल खेलमा प्राध्यापक÷कर्मचारीको समुह विजयी भएको छ  ।  छात्र भलिबल प्रतियोगितामा विविएस दोश्रो वर्षको समुह विजयी, विविएस तेश्रो वर्षको समुह उपविजयी भएको छ भने छात्रा भलिबल प्रतियोगितामा विविएस तेश्रो वर्षको समुह विजयी, विविए चौथो सेमेष्टरकोे समुह उपविजयी भएको छ । छात्र बास्केटबल प्रतियोगितामा विविएको समुह विजयी भएको छ भने विविएमको समुह उपविजयी भएको छ । त्यसैगरी छात्रा बास्केटबल प्रतियोगितामा विविए चौथो सेमेष्टरको समुह विजयी भएको छ भने विविएम आठौं समुह उपविजयी भएको छ । यस्तै वक्तृत्वकला प्रतियोगितामा कविता खड्का प्रथम, पुष्पा पौडेल द्धितीय, अस्मिता खनाल र सिद्धार्थ कोइरालाले तृतीय स्थान हासिल गरेका छन । त्यसैगरी वार्षिकोत्सवकै अवसरमा भएको हाजिरीजवाफ प्रतियोगितामा विविएस दोश्रो वर्षको समुह प्रथम, विविएस तेश्रो वर्षको समुह द्धितीय, विविएस चौथो वर्षकोे समुह तृतीय भएका छन । यस्तै विजनेश प्लान कम्पिटेसनमा अनिसा खान प्रथम, कविता खड्का द्धितीय र प्रशन्न जंग कार्कीले तृतीय स्थान हासिल गरेका छन । यस्तै चेस प्रतियोगितामा अभिषेक लम्साल प्रथम, प्रज्वल बस्नेत द्धितीय र अभिषेक अर्यालले तृतीय स्थान हासिल गरेका छन । यस्तै छात्र टेबल टेनिस प्रतियोगितामा प्रतिक ज्ञवाली प्रथम, महेन्द्र क्षेत्री द्धितीय र रोहित क्षेत्री तृतीय भएका छन भने छात्रा टेबल टेनिस प्रतियोगितामा कृती क्षेत्री प्रथम, जयन्ति पाण्डे द्धितीय र इसु थापा तृतीय भएका छन । यस्तै १०० मीटर छात्र दौड प्रतियोगितामा कुशल श्रेष्ठ प्रथम, अभिषेक कार्की द्धितीय, क्षितिज गैरे तृतिय भएका छन भने १०० मीटर छात्रा दौड प्रतियोगितामा सुन्दरी थारु प्रथम, बिमला पुवारे द्धितीय, सम्झना घिमिरे तृतीय भएका छन । छात्र क्रिकेट प्रतियोगितामा विविएस तेश्रो वर्षको समुह विजयी भएको छ भने विविएको समुह उपविजयी भएको छ । त्यसैगरी छात्रा क्रिकेट प्रतियोगितामा विविए चौथो सेमेष्टरको समुह विजयी भएको छ भने विविएम छैठौं र आठौं सेमेष्टरको समुह उपविजयी भएको छ । रसि तान्ने प्रतियोगितामा विविएमको छात्र समुह र विविएको छात्रा समुह विजयी भएको छ । त्यस्तै म्युजिकल चेयर प्रतियोगितामा नविना अर्याल प्रथम, बन्दना खनाल द्धितीय, अम्बिका पौडेल तृतीय भएका छन भने एक मिनेट कार्यक्रममा सपना भट्टराई प्रथम, सरिता बेलबासे द्धितीय भएका छन । 
क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले माघ २३ गते भलिबल खेलको उद्घाटन गर्दै सुरु भएको  साताव्यापी खेलकुद कार्यक्रमहरु विहीबार सम्पन्न भएको हो । क्याम्पसले यही फाल्गुण ६ गते भव्य समारोहका बिच ४२ औं वार्षिकोत्सव मनाउदैछ ।