News

चैत्र २५, बुटवल । बुटवल–१२ तामनगरस्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहले लुम्बिनी वाणिज्य क्याम्पसलाई ३० विगाहा जग्गा दिने भएको छ ।
शुक्रबार लुम्बिनी वाणिज्य क्याम्पसमा भएको एक कार्यक्रमका बिच प्रस्ताबित लुम्बिनी मानित विश्वविद्यालयका लागि क्याम्पसलाई जग्गा प्रदान गर्ने सहमती भएको हो । दश बुदे सहमती पत्रमा हस्ताक्षर गर्दै चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ओमप्रकाश ठाकुरले आफ्नै आगनमा विश्वविद्यालय स्थापना हुने भएपछि आफुहरु हर्षित भएको बताउनुभयो साथै उहाँले यथाशिघ्र सो क्षेत्रमा विभिन्न विषयका कक्षाहरु सञ्चालन हुने विश्वास समेत व्यक्त गर्नुभयो । 
सहमती पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष एवं लुम्बिनी वाणिज्य क्याम्पस, सञ्चालक समिति अध्यक्ष मोतीलाल पाण्डेले लामो प्रयास पछि आज यो समय आएको बताउदै सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो  साथै उहाँले विश्वविद्यालयको केन्द्रीय कार्यालय सोही जग्गामा स्थापना हुने कुरा समेत व्यक्त गर्नुभयो । यस्तै शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले छिटो भन्दा छिटो विश्वविद्यालय सञ्चालन भएको हेर्न आतुर रहेको कुरा बताउनुभयो । लुम्बिनी वाणिज्य क्याम्पस संचालक समिति उपाध्यक्ष तथा जग्गा व्यवस्थापन उप–समितिका संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले जग्गा प्राप्तीको पहिलो खुड्किलो पार भएको र छिटो भन्दा छिटो यो कार्य सम्पन्न गर्नका लागि जग्गा व्यवस्थापन उप–समिति प्रयत्नशिल रहने ढृढता प्रकट गर्नुभयो । बुटवल उपमहानगरपालिका वडा नं. १२, का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले जग्गा व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकाले गरेको प्रयास सार्थक भएको र यथाशिघ्र आफ्नो वडामा लुम्बिनी मानित विश्वविद्यालय बन्ने विश्वास व्यक्त गर्नुभयो । शुद्धोधन गाउँपालिका वडा नं. २ का वडाध्यक्ष विष्णुप्रसाद बस्यालले सबैको प्रयासले मात्र समाजमा नयाँ नयाँ परिवर्तन हुने भएकाले सबै एकजुट भएर लाग्नुपर्ने बिचार व्यक्त गर्नुभयो । चारपाला सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार तथा समाजसेवी उदयराज काफ्लेले आजको यो कार्यक्रम पछि सबैभन्दा बढी हर्षित आफु भएको बताउदै यथाशिघ्र विश्वविद्यालय त्यस क्षेत्रमा देख्न पाउने र भावी सन्ततीले लाभ लिने विश्वास प्रकट गर्नुभयो । कार्यक्रममा सहमती पत्रका बुदाहरु वचन गर्दै लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले व्यक्ति भन्दा पनि संस्था र समाज ठुलो भएकाले विश्वविद्यालय स्थापनामा सबैले अपनत्व लिनुपर्ने र यसले गर्दा भोलिका दिनमा बुटवल र यस क्षेत्रको शैक्षिक गरिमा बढाउन सहयोग पुग्ने कुरा बताउनुभयो साथै विश्वविद्यालय स्थापनाका लागि यस क्षेत्रमा आवश्यक क्रियाकलाप यथाशिघ्र व्यवस्थापन गरिने र लुम्बिनी मानित विश्वविद्यालयले स्कुल अफ विजनेश र स्कुल अफ साइन्स एण्ड टेक्नोलोजि सञ्चालन गर्ने कुरा प्रष्ट पानुभयो । कार्यक्रमको संचालन लुम्बिनी वाणिज्य क्याम्पस आई.क्यू.ए.सी. संयोजक पुनाराम घिमिरले गर्नुभएको थियो ।
 

चैत्र १४ बुटवल । विश्वविद्यालय अनुदान आयोगबाट दोश्रोपटक क्यू.ए.ए. प्राप्त लुम्बिनी वाणिज्य क्याम्पसको अवलोकनको लागि सुकुना बहुमुखी क्याम्पसको टोली बुटवल आइपुगेको छ। 

मोरङ जिल्लामा रहेको सुकुना बहुमुखी क्याम्पसको क्याम्पस व्यवस्थापन समिति, प्राध्यापक तथा कर्मचारी सहितको १८ जनाको टोलि सोमबार बुटवल आइपुगेको हो।

अवलोकन टोलीलाई निमित्त क्याम्पस प्रमुख सह प्राध्यापक विष्णु जोशीले स्वागत गर्नुभएको थियो भने स्वागत तथा क्याम्पस अवलोकन पश्चात् दुई क्याम्पसबिच अन्तरक्रियात्मक कार्यक्रम पनि भएको थियो ।

चैत्र ५ बुटवल ।  विश्वविद्यालय अनुदान आयोगबाट दोश्रोपटक क्यू.ए.ए. प्राप्त लुम्बिनी वाणिज्य क्याम्पसमा इन्ट्रयाक्टिभ केस राइटिङ एण्ड एनालाइसिस विषयक एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पस व्यवस्थापन विभागको संयोजनमा आयोजना भएको कार्यशाला गोष्ठी क्याम्पस संचालक समितका अध्यक्ष मोतिलाल पाण्डेको अध्यक्षता, त्रि.वि. व्यवस्थापन संकायका पूर्व सहायक डीन एवं मुख्य श्रोत व्यक्ति प्रा.डा. धु्रबराज पोखरेलको प्रमुख आतिथ्यता, त्रि.वि. व्यवस्थापन केन्द्रीय विभागका सहायक प्राध्यापक एवं  श्रोत व्यक्ति डा. भरतसिंह थापाको आतिथ्यतामा सम्पन्न भएको हो ।
व्यवस्थापन विभागका विभागीय प्रमुख उपप्राध्यापक गोपाल प्रसाद पाण्डेको संचालन रहेको कार्यशाला गोष्ठीमा क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले गोष्ठीको आवश्यकता, उद्देश्य र औचित्यतामाथि प्रष्ट पार्नुभएको थियो भने सहायक क्याम्पस प्रमुख सह प्राध्यापक विष्णु जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
लुम्बिनी वाणिज्य क्याम्पसमा प्राध्यापनरत २५ जना प्राध्यापकहरुको सहभागिता रहेको कार्यशाला गोष्ठीमा श्रोत व्यक्तिहरु डा. पोखरेल र थापाले प्राध्यापन गर्ने क्रममा विद्यार्थी केन्द्रीत सिकाई सिद्धान्तमा केससहितको सिकाई आजको आवश्यकता रहेको बताउदै व्यवस्थापन शिक्षामा केसको प्रयोग, केस विश्लेषण गर्ने सहज तरिका, केस विश्लेषणको व्यावहारिक अध्ययन मार्फत व्यावसायिक प्रतिष्ठानमा चाल्न सकिने सुधारात्मक कदम, सफलता र असफलता मार्फत तय गर्न सकिने भावि योजना लगायतको बारेमा सामुहिक तथा अन्र्तक्रियात्मक तरिकाबाट प्रशिक्षण दिनुभएको थियो ।
 

मोहन पौडेल – फाल्गुण २७ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्वागत तथा सम्मान कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।
विविएम पाचौ, छैठौं तथा सातौ समुह लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा विविएम अप्लाइड प्रथम समुहका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा भर्खरै स्नातक तह सक्काएका विविएम चौथो समुहका विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि तथा लुम्बिनी वाणिज्य क्याम्पस, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल पाण्डेले क्याम्पसको शैक्षिक गुणस्तरका लागि क्याम्पसले हरेक प्रकारका कार्यक्रमहरु संचालन गरिरहेको र त्यसबाहेक विद्यार्थीहरुको आफ्नै प्रयासमा हुने यस प्रकारको गतिविधिले पनि क्याम्पस यो अवस्थामा पुग्न इटा थपिरहेको बताउदै सम्पूर्ण विद्यार्थीहरुप्रती आभार प्रकट गर्नुभयो ।

विशिष्ट अतिथि एवं क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले नवआगन्तुक विद्यार्थीहरुले विविएम कार्यक्रम र क्याम्पसको गरिमा अझै बढाउन सफल हुने विश्वास व्यक्त गर्दै विविएम चौथो समुहका विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमका अतिथि एवं विविएम कार्यक्रम इन्चार्ज उपप्राध्यापक मधुकर शर्माले शुभकामना मन्तव्य राख्दै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा चौथो समुहका विद्यार्थीहरुलाई सम्मान प्रकट गर्नुभयो । साथै उहाले क्याम्पसले विद्यार्थीहरुको हरेक रचनात्मक गतिविधिलाई साथ दिने भएकोले यसप्रकारको कार्यक्रम आयोजना गरेकोमा विद्यार्थीप्रती धन्यवाद ज्ञापन गर्नुभयो।

स्वागत तथा सम्मान कार्यक्रम संयोजक तथा विविएम आठौं सेमेष्टरका विद्यार्थी सुदिप घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा नवआगन्तुक विद्यार्थी विविएम अप्लाइड दोश्रो सेमेष्टरका मिलन बि.क.ले नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पसमा अध्ययन गर्न पाउनु आफ्नो लागि सुनौलो अवसर रहेको बताउनुभयो । विविएम आठौ सेमेष्टर उत्तीर्ण भएका विद्यार्थी प्रविन पाण्डेले क्याम्पसले सिकाएको ज्ञान र संस्कारले जहाँ गएपनी पछाडि फर्केर हेर्नू नपर्ने र क्याम्पसमा सिकेको व्यवहारिक ज्ञानकै कारण आफुहरु बजारमा सफल हुने विश्वास व्यक्त गर्दै विद्यार्थी जानू र आउनु एउटा सामान्य प्रक्रिया भएपनी लुम्बिनी वाणिज्य क्याम्पसको नामसित जोडिन पाउनु गर्वको विषय रहेको बताउनुभयो। विविएम चौथो सेमेस्टरकि विद्यार्थी मनिसा पौडेलको सभापतित्वमा भएको औपचारिक कार्यक्रमको सञ्चालन प्रकाश पौडेल र अनिसा खानले गर्नुभएको थियो भने दिनभर क्याम्पसमा भएको सांस्कृतिक कार्यक्रम तथा अनौपचारिक कार्यक्रमको संचालन दिलिप पाण्डे, आस्था खत्री र रोशनी थापाले गर्नुभएको थियो । सो अवसरमा मिस तथा मिस्टर फ्रेसर प्रतियोगिता संचालन, विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण, नवआगन्तुक विद्यार्थीहरुलाई मायाको चिनो र विदाइ भइ जाने विद्यार्थीहरुलाई मायाको चिनोसहित सम्मान पनि गरिएको थियो ।

कार्तिक ८ बुटवल, लुम्बिनी वाणिज्य क्याम्पसमा स्वायत्त कार्यक्रम अन्तर्गत संचालित  एमविएस फाइनान्स तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु ८ दिने फिल्ड अनुसन्धानका लागि सोमबार मार्दी हिमालतर्फ प्रस्थान गरेका छन ।
विद्यार्थीहरुको नियमित परियोजनात्मक कार्य अन्तर्गत उपप्राध्यापकद्वय इन्द्र चापागाईं र नवराज भण्डारी सहित ४० जना विद्यार्थीको टोली  सोतर्फ प्रस्थान गरेको हो । क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले यात्रा सफलताको कामना गर्दै यस प्रकारको विद्यार्थीहरुको नियमित परियोजनात्मक कार्यले विद्यार्थीहरुको अनुसन्धानको पाटोलाई सहयोग पुर्याउनुका साथै जिवनोपयोगी रहने  बताउनुभयो ।
अनुसन्धानका शिलशिलामा विद्यार्थीहरुले पोखरा, घान्द्रुक, मार्दी हिमाल क्षेत्रको पर्यटकीय सम्भावना तथा चुनौती, ट्रेकिङ रुटको चुनौती, स्थानीय रोजगार तथा आतिथ्यता, स्थानीय कला संस्कृतिको जगेर्ना, सरसफाइ तथा स्वास्थ्य सम्बन्धी विभिन्न विषयहरूमा अनुसन्धान गर्ने, प्रतिबेदन तयार पार्ने र सोही स्थानमै स्थानीय समुदाय समक्ष प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

शैक्षिक संस्था उद्योगी/व्यवसायी संवाद : उत्कृष्टताको खोजीवल विषयक अन्तरक्रिया कार्यक्रम बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा सम्पन्न भएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पसको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सम्पन्न सो कार्यक्रममा यस क्षेत्रका २० भन्दा बढी उद्योगी व्यवसायी तथा प्राज्ञिक व्यक्तित्वहरुको  सहभागीता रहेको थियो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले उद्योग तथा व्यवसायहरुमा क्याम्पसबाट उत्पादित जनशक्तिको संलग्नता एवं अवसरहरुको प्राप्तिका लागि शैक्षिक संस्थाहरु र उद्योगी तथा व्यवसायीहरुबीच समन्वयात्मक एवं सहकार्यगत भूमिका कस्तो रहनुपर्छ सो सम्बन्धमा बृहत छलफल र संवादबाट निष्कर्षमा पुग्न सकिने भएकोले अन्तरक्रियात्मक संवाद कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समिति अध्यक्ष मोतीलाल पाण्डेको अध्यक्षता तथा सहप्राध्यापक भरत भुसालको संचालन रहेको अन्तरक्रियात्मक संवाद कार्यक्रममा प्राज्ञिक व्यक्तित्वहरुको तर्फबाट प्यानलिष्टमा सहभागी प्रदेश योजना आयोग, लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रा.डा. ईश्वर गौतमले वर्तमान परिप्रेक्षमा विद्यार्थीहरुलाई कक्षाकोठामा मात्र सिमित गरी सैद्धान्तिक ज्ञान मात्र प्रदान गर्ने भन्दा पनि प्रयोगात्मक शिक्षालाई उच्च प्राथमिकतामा राखेर पाठ्यक्रमहरु तयार गर्न सकियो भने विद्यार्थीहरुमा उद्योगी, व्यवसायी प्रति रुचि बढ्ने र रोजगारको बजारमा सजिलै प्रबेश गर्न सकिने कुरामा जोड दिनुभयो । त्यसैगरी, प्राज्ञिक व्यक्तित्व लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकूलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले वर्तमान शिक्षा पद्धतिमा धेरै कुराहरु सुधार गर्नुपर्ने देखिएकोले समय सापेक्षका पाठ्यक्रमहरु लागु गरी विद्यार्थीहरुलाई आधुनिक उद्योगी, व्यवसायी बन्नका लागि बौद्ध दर्शनबाट पनि धेरै कुराहरु सिक्न सकिने कुरा बताउनुभयो । उहाँले अबका पाठ्यक्रमहरु निर्माणमा उद्योग तथा व्यवसायीहरुसँग बृहत छलफल गरी तयार गर्न सकियो भने मात्र अबको शिक्षा जीवनपयोगी हुन सक्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा बरिष्ठ वन तथा वातावरण विद् तथा लुम्बिनी बौद्ध विश्वविद्यालय स्कूल अफ डेभलपमेन्ट स्टडिज् एण्ड अप्लाईड साइन्सेज्का डीन,  उकेशराज भूजुले नेपालमा अब विद्यार्थीहरुलाई उद्यमी बन्न पे्ररित गर्नुपर्ने र देशमा उपलब्ध कच्चा पदार्थहरुको प्रयोगबाट विभिन्न किसिमका स्वदेशी वस्तुहरुको उत्पादन गर्न सकियो भने देशको अर्थतन्त्रमा ठूलो टेवा पुगी आत्मनिर्भर बन्न सक्ने कुरा विद्यार्थीहरुलाई बुझाउनुपर्ने बताउनुभयो । त्यसैगरी उद्योगी तथा व्यवसायीहरुको तर्फबाट प्यानलिष्टमा सहभागी हुदै उद्योग वाणिज्य महासंघ, पूर्व केन्द्रीय सदस्य, एवं बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले ठीक व्यक्ति ठीक ठाउँमा भन्ने सिद्धान्त आजको अनिवार्य आवश्यकता भएको हुँदा अबका विद्यार्थीहरुलाई बजारको आवश्यकता अनुसार शिक्षा प्रदान गर्नुपर्ने बताउनुभयो । यसैगरी, नेपाल उद्योग परिसंघ, लुम्बिनी प्रदेशका संयोजक एजाज आलमले क्याम्पसले पठनपाठन गराउने पाठ्यक्रम र उद्योग तथा व्यवसायमा प्रयोग हुने ज्ञानका बीचमा धेरै नै खाडल रहेको हुँदा सो खाडललाई परिपूर्ति गर्ने खालका पाठ्यक्रमहरु निर्माण गरी पठनपाठन गर्नुपर्ने र त्यसको साथै विद्यार्थीहरुलाई नैतिक शिक्षामा पनि जोड दिनुपर्ने देखिएको बताउनुभयो । संवादमा सहभागी हुनुभएका नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, लुम्बिनी प्रदेश महासचिव खिम नारायण पराजुलीले अबको २१ औं शताब्दीको शिक्षा प्रयोगात्मक शिक्षा, व्यवसायिक शिक्षा र जीवनपयोगी शिक्षा हुनपर्ने र समाजलाई सकारात्मक रुपान्तरणमा तर्फ डोर्याउने खालको हुनपर्ने कुरामा जोड दिनुभयो ।

खुल्ला संवाद सत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्रका संयोजक डा. सञ्जिव हुमागाईं, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरा, बुटवल उद्योग वाणिज्य संघका का.स.स.सुरज भट्टराई, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी , उद्योग व्यापार संघ बुटवलका अध्यक्ष प्रविण पाठक, तिलोत्तमा चेम्बर अफ कमर्सका अध्यक्ष बाबुलाल भूसाल, सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद आचार्य, उद्योग व्यापार संगठन, रुपन्देहीका महासचिव अनिल ज्ञवाली लगायतले आफ्ना विचारहरु राख्नु भएको थियो । 
कार्यक्रम अवधिभरमा संवादमा सहभागीहरुबाट व्यक्त भएका विचारहरुको टिप्पणी र्यापोर्टियर उपप्राध्यापकद्वय रोमनाथ शर्मा र पिताम्बर सापकोटाले तयार गर्नुभएको थियो भने सो प्रतिवेदन प्रस्तुत उपप्राध्यापक शर्माले गर्नुभएको थियो । सो संवाद कार्यक्रमले समय सापेक्ष पाठ्यक्रमहरु निर्माण गरी उत्पादित दक्ष जनशक्तिलाई सजिलै रोजगार बजारका अवसरहरु प्राप्त गर्न, उद्योगी तथा व्यवसायी बन्न प्ररित गर्नका लागि शैक्षिक संस्था तथा उद्योगी र व्यवसायीहरु बीच आगामी दिनहरुमा पनि नियमित संवाद गरिरहनुपर्ने निश्कर्ष निकालेको थियो ।
 

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अनुसन्धानमुलक इन्टरनेसनल वेबिनार शुक्रबार सम्पन्न भएको छ । प्रत्येक २/२ वर्षमा अन्र्तराष्ट्रिय सेमिनार आयोजना गर्ने क्याम्पसको रणनीतिअनुरुप लुम्बिनी बाणिज्य क्याम्पस अनुसन्धान तथा विकास विभागको आयोजना,विश्वविद्यालय अनुदान आयोग नेपाल, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, र नेपाल रिर्सच एण्ड एजुकेशन नेटवर्कको सहयोगमा यसवर्ष कोरोना कहरका कारण भर्चुअल रुपमा इन्टरनेसनल वेबिनार अन रिसेन्ट डेभलपमेण्ट्स इन विजनेस, म्यानेजमेन्ट एण्ड सोसल साइन्स स्प्रिडिङ ग्लोबल्ली प्रज्ञानम् ब्रह्म ०२ विषयक वेबिनार आयोजना गरिएको हो । 
प्रमुख अतिथि नेपाल सरकारका माननीय अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नुभएको वेबिनारमा लुम्बिनी प्रदेशका माननीय मन्त्रीहरु, लुम्बिनी प्रदेशका माननीय प्रदेश सभा सदस्यहरु, रुपन्देही जिल्लाका नगरप्रमुखहरु, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त वास्कोटा,लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा हृदयरत्न बज्राचार्य,सरदार पटेल विश्वविद्यालय, गुजरात भारतका उपकुलपति प्रा.डा. शिरिष आर कुलकर्नी,त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल, त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पेशल दाहाल, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य, त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा, राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका विभिन्न विश्वविद्यालयका पदाधिकारीहरु, वरिष्ठ प्राध्यापकहरु, अनुसन्धानकर्ताहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, क्याम्पस व्यवस्थापन तथा विकास परिषद्का सदस्यहरु लगायतको उद्घाटन सत्रमा सहभागिता रहेको थियो ।
प्रमुख अतिथि नेपाल सरकारका माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वेबिनारमा बोल्दै क्याम्पसले आयोजना गरेको यसप्रकारको कार्यक्रमहरुले समग्र अनुसन्धान क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताउदै लुम्बिनी वाणिज्य क्याम्पसको यो प्रयास अति प्रशंसनिय रहेको बताउनुभयो । साथै उहाँले अनुसन्धानका लागि सबैलाई प्रेरित गर्ने र सरकारले आवश्यक सहयोग पनि गर्ने बताउदै वेविनारको पूर्ण सफलताको कामना  गर्नुभएको थियो । वेबिनारमा स्वागत मन्तव्य तथा कार्यक्रमका मूख्य विषयवस्तुहरु प्रस्तुत गर्दै क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरु, प्राज्ञिक व्यक्तित्वहरु एवं विद्यार्थीहरु एक भई अनुसन्धानमा लागियो भने राष्ट्र र समग्रमा विश्वले नै व्यवसाय, व्यवस्थापन र सामाजिक शास्त्रमा ठूलो फड्को मार्न सक्ने बताउनुभयो । साथै, लुम्बिनी वाणिज्य क्याम्पसले आयोजना गरेको यस इन्टरनेसनल वेबिनारमा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, अतिथिहरु, प्राज्ञिक व्यक्तित्वहरु, लेख प्रस्तुत गर्नुहुने प्रस्तोताहरु, पत्रकारहरु, उद्योगीहरु, व्यापारीहरु, विभिन्न संघ संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु, क्याम्पस व्यवस्थापन तथा विकास परिषद् सदस्यहरु, क्याम्पस परिवार, देश विदेशबाट सहभागिता जनाइरहुनुभएका सहभागी व्यक्तित्वहरु र विद्याथीहरुलाई स्वागत मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो । उद्घाटन सत्रमा सरदार पटेल विश्वविद्यालय, गुजरात भारतका उपकुलपति प्रा.डा. शिरिष आर कुलकर्नी, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल, पुर्व क्याम्पस प्रमुख तथा लुम्बिनी प्रदेश, प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. इश्वर गौतम लगायतले बोल्नुभएको थियो । उद्घाटन सत्रको अध्यक्षता क्याम्पस संचालक समितिका अध्यक्ष मोतिलाल पाण्डेले गर्नुभएको थियो भने संचालन उपप्राध्यापक लक्ष्मण भण्डारीले गर्नुभएको थियो । उद्घाटन सत्रको समापन गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष पाण्डेले देश विदेशबाट सहभागिता जनाउनुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिदै यहाँहरुको उपस्थितिले क्याम्पसलाई आगामि दिनहरुमा अझै यस्ता कार्यक्रमहरु आयोजना गर्न प्रेरणा मिल्ने कुरा व्यक्त गर्नु भयो ।
वेबिनारको मुख्य सत्रमा मुख्य वक्ताको रुपमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा, सरदार पटेल विश्वविद्यालय, भारतका व्यवस्थापन संकायका भु.पु. डीन प्रा.डा. योगेस सी. जोशी,अफ्रिकन डेभलपमेण्ट बैंक नर्थ अफ्रिका, आइभोरी कोष्टका डा. शौमेन्द्र कुमार दास र मोहम्मद भी युनिर्भसिटि अफ रोवाट, मोरक्कोका प्रा.डा. अब्डेल्लातिफ बौआज्जाले आफ्नो बिषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने मुख्य सत्रको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले गर्नुभएको थियो । त्यसैगरी, विभिन्न चार वटा विधाहरु सामान्य व्यवस्थापन तथा सूचना प्रविधि, वित्तशास्त्र तथा लेखाशास्त्र, अर्थशास्त्र तथा तथ्यांकशास्त्र र मनोविज्ञान, समाजशास्त्र तथा सामाजिक शास्त्रमा नेपाल लगायत अष्ट्रेलिया, भारत, आइभोरी कोष्ट, मलेसिया, मोरक्को, न्युजिल्याण्ड, फिलिपिन्स, स्वीट्जरल्याण्ड, थाइल्याण्डबाट ३० वटा अनुसन्धान लेखहरु प्रस्तुत भएका थिए । जसमध्ये, सामान्य व्यवस्थापन तथा सूचना प्रविधि विधामा ७ वटा , वित्तशास्त्र तथा लेखाशास्त्रमा ७ वटा, अर्थशास्त्र तथा तथ्यांकशास्त्रमा ६ वटा र मनोविज्ञान, समाजशास्त्र तथा सामाजिक शास्त्रमा १० वटा अनुसन्धान लेखहरु प्रस्तुत भएका थिए । ४ वटा प्राविधिक सत्रहरुको अध्यक्षता क्रमश: त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डाइरेक्टर प्रा.डा. महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालयका पुर्व प्राध्यापक डा. राजन बहादुर पौडेल,सरदार पटेल विश्वविद्यालय गुजरात भारतका व्यवस्थापन संकायका भुपु डीन प्रा.डा. योगेस सी. जोशी, काठमाण्डौं विश्वविद्यालय शिक्षा संकायका भू.पु. डीन प्रा.डा. मन प्रसाद वाग्लेले गर्नु भएको थियो भने उहाँहरुले प्रस्तुत अनुसन्धान लेखहरुमाथि टिप्पणी राख्नु भएको थियो । सो प्राविधिक सत्रहरुको सहजीकरण उपप्राध्यापक लक्ष्मण प्रसाद भण्डारी र उच्च शिक्षा सुधार परियोजना लुम्बिनी वाणिज्य क्याम्पस संयोजक पुनाराम घिमिरेले गर्नुभएको थियो ।
यसैगरी, प्राविधिक सत्रहरुको समाप्ति लगत्तै सञ्चालन भएको समापन सत्रको अध्यक्षता इन्टरनेसनल वेबिनार आयोजक मूल समिति संयोजक एवं अनुसन्धान तथा विकास विभागका विभागीय प्रमुख प्रा.डा. णकृष्ण भटराईले गर्नुभएको थियो भने प्रदेश सरकार बाग्मती प्रदेशका प्रमुख सचिव डा. मान बहादुर बी.के.को उपस्थिति रहको थियो । प्रमुख सचिव डा. बि.के. ले कोभिड १९ का कारण आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव र यसबाट मानव जीवनमा, जिविकोपार्जनमा र स्वतन्त्रतामा अत्यन्तै अकल्पनीय असर पारेको कुरा तथ्य सहित प्रस्तुत गर्नु भएको थियो । सपापन सत्रमा वेबिनार मूल समिति संयोजक प्रा.डा. भट्टराईले वेबिनारलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न सहयोग पुर्‍याउनुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, पत्रकार, उद्योगी, व्यापारी, क्याम्पस व्यवस्थापन र विकास परिषद् सदस्यहरु, क्याम्पस परिवार तथा विद्यार्थीहरु प्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा राख्नु भएको थियो । सो समापन सत्रमा सहायक क्याम्पस प्रमुख सह प्राध्यापक बिष्णु जोशीको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन वेबिनार आयोजक मूल समिति सचिव उपप्राध्यापक डा. भगवती प्रसाद चौधरीले गर्नुभएको थियो ।

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
विविए तेश्रो सेमेष्टरका विद्यार्थीहरुको आयोजनामा विविए प्रथम सेमेष्टरमा अध्ययनरत नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतीलाल पाण्डेले विद्यार्थीहरुको शैक्षिक उन्नयनका लागि क्याम्पसले प्रदान गर्ने सेवा सुविधाहरुमा कुनै पनि कसर बाकि नराखि विद्यार्थीको उज्ज्वल भविष्य र सपनालाई साकार पार्न क्याम्पस लागेको बताउनुभयो । क्याम्पसका विभिन्न शैक्षिक तथा अन्य गतिविधिमा विद्यार्थीहरुको सक्रिय सहभागिताले पनि क्याम्पस नमुना क्याम्पसको रुपमा स्थापित हुन सहयोग पुगेकोे बताउदै उहाँले विद्यार्थीहरुलाई स्वागत गर्न विद्यार्थी स्वंय अग्रसर भएर स्वागत कार्यक्रम आयोजना गरेकोमा खुशि प्रकट गर्नुभयो ।
विशिष्ट अतिथि एवं क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले विद्यार्थीहरुको कडा मिहिनेत र लगनशीलताले नै क्याम्पसको उचाई यहासम्म पुगेकाले नवआगन्तुक विद्यार्थीहरु पनि सो पथमा लम्कि क्याम्पसको गरिमा कायम राख्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं विविए कार्यक्रम संयोजक द्वारिका प्रसाद गौतमले  शुभकामना मन्तव्य राख्दै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुभयो । साथै उहाले क्याम्पसले विद्यार्थीहरुको हरेक श्रृजनशिल गतिविधिलाई साथ दिने भएकोले यसप्रकारको कार्यक्रम आयोजना गरेकोमा विद्यार्थीप्रती धन्यवाद ज्ञापन गर्नुभयो ।
विविए तेश्रो सेमेष्टरकी प्रभा थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा नवआगन्तुक विद्यार्थी विविए प्रथम सेमेष्टरका अस्मिता खनाल र कृति पाण्डेले नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पसमा पढ्न पाउनु आफ्नो लागि सुनौलो अवसर रहेको बताउनुभएको थियो । 
विविए तेश्रो सेमेष्टरका विद्यार्थी सन्तोष न्यौपानेको सभापतित्वमा भएको स्वागत कार्यक्रमको सञ्चालन सुदिप घिमिरे र मिरिन्डा भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न खेलकुद गतिविधिमाविजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने नवआगन्तुक विद्यार्थीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । 
 

बुटवल, असार २६ / क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को एघारौं सभा सम्पन्न भएको छ।  क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को एघारौं क्याम्पससभाले आगामी तिनवर्षको लागि नयां संचालक समिति निर्वाचित गरेको छ । सनिवार निर्वाचित संचालक समितीको अध्यक्षमा पुनः मोतिलाल पाण्डे सर्वसम्मत् निर्वाचित भएका हुन। त्यसैगरि निर्वाचित चारजना सदस्यहरुमा पुर्व क्याम्पस प्रमुख डा. ईश्वर गौतम, कृष्ण प्रसाद गौतम, बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठ तथा अभिभावक संघका उपाध्यक्ष भगवती पाण्डे रहका छन्।

क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्याय पदेन सदस्यसचिव रहने १३ सदस्यीय क्याम्पस संचालक समितिमा बांकि सदस्यहरु भने पदेन सदस्य रहने प्रावधान छ । जसअनुसार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधीबाट बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा। खिमानन्द न्यौपाने, संस्थापक क्याम्पस प्रमुख महेश्वर प्रसाद श्रेष्ठ, प्राध्यापक संघका अध्यक्ष द्धारिका गौतम, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, क्याम्पसका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद ओझा रहेका छन।

बुटवल, असार २६ / लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको संचालक समितिमा सर्वसम्मत् रुपमा नयां नेतृत्व चयन भएको छ । सनिवार सम्पन्न क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को एघारौं क्याम्पससभाले आगामी तिनवर्षको लागि नयां संचालक समिति निर्वाचित गरेको छ । सनिवार निर्वाचित संचालक समितीको अध्यक्षमा पुनः मोतिलाल पाण्डे सर्वसम्मत् निर्वाचित भएका हुन।
त्यसैगरि निर्वाचित चारजना सदस्यहरुमा पुर्व क्याम्पस प्रमुख डा. ईश्वर गौतम, कृष्ण प्रसाद गौतम, बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठ तथा अभिभावक संघका उपाध्यक्ष भगवती पाण्डे रहका छन्।

क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्याय पदेन सदस्यसचिव रहने १३ सदस्यीय क्याम्पस संचालक समितिमा बांकि सदस्यहरु भने पदेन सदस्य रहने प्रावधान छ । जसअनुसार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, वडा नं। ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधीबाट बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा। खिमानन्द न्यौपाने, संस्थापक क्याम्पस प्रमुख महेश्वर प्रसाद श्रेष्ठ, प्राध्यापक संघका अध्यक्ष द्धारिका गौतम, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, क्याम्पसका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद ओझा रहेका छन।
यसअघि क्याम्पस सभामा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले लुम्बिनी वाणिज्य क्याम्पस लुम्बिनी प्रदेशको मात्र नभई देशकै शैक्षिक धरोहर रहेको उल्लेख गर्दै क्याम्पसलाई विश्वविद्यालयको रुपमा स्थापित गर्न सबै लाग्नुपर्नेमा जोड दिए।
क्याम्पस संचालक समितिका अध्यक्ष मोतिलाल पाण्डेको अध्यक्षता, उपाध्यक्ष सुरेन्द्र श्रेष्ठको स्वागत तथा क्याम्पस प्रमुख प्राध्यापक डा। ताराप्रसाद उपाध्यायको संचालनमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष एवं पुर्व क्याम्पस प्रमुख डा। ईश्वर गौतम, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, पुर्व अध्यक्ष अर्जुनमान सैंजु, निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद ओझा लगायतले आ आफ्ना धारण राखेका थिए।
२०३७ सालमा लुम्बिनी व्यवस्थापन अध्ययन संस्थानको नामबाट अनौपचारिक रुपमा कोचिङ कक्षाको रुपमा संचालन गरिएकोमा लुम्बिनी वाणिज्य क्याम्पसले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि ४० वर्षको अवधीमा आईपुग्दा व्यवस्थापनतर्फ देशकै उत्कृष्ट क्याम्पसको रुपमा स्थापित भएको छ ।
२०६८ साल र २०७५ सालमा दुईपटक क्यूएए प्राप्त यस क्याम्पसमा हाल सेमेष्टर प्रणाली अन्तर्गतका बिबिएम, तथा स्वायत्त कार्यक्रम अन्तर्गत विविए एफ ए, विविएम एप्लाईड, विएमएस, एमबिएस फाईनान्स तथा एमबिए विएफका कक्षाहरु संचालन भईरहेका छन् । स्थायी, आंशिक र करार गरि ७१ जना प्राध्यापक तथा कर्मचारी कार्यरत यस क्याम्पसमा सबै कार्यक्रमतर्फ हाल ४ हजार ५ सय विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख प्राध्यापक डा। ताराप्रसाद उपाध्यायले जानकारी दिए।