ज्येष्ठ १७ । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित मेयर खेलराज पाण्डेय र वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीलाई लुम्बिनी वाणिज्य क्याम्पस बुटवलले स्वागत गरेको छ । मंगलबार क्याम्पसमा आयोजित एक कार्यक्रमका बिच  सञ्चालक समितिका पदेन सदस्य समेत रहनुभएका नवनिर्वाचित मेयर पाण्डेय र वडाध्यक्ष क्षेत्रीलाइ क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतीलाल पाण्डे, निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद वझा, उपाध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, संस्थापक क्याम्पस प्रमुख महेश्वर प्रसाद श्रेष्ठ लगायतले खादा तथा पुष्पगुच्छाले स्वागत गर्नुभएकोे हो ।
सदस्य सचिव प्रा.डा. तारा प्रसाद उपाध्यायको संचालन रहेको कार्यक्रममा अध्यक्ष पाण्डेयले नवनिर्वाचित जनप्रतिनिधिहरुसँग क्याम्पसले ठुलो आशा र अपेक्षा राखेको बताउदै क्याम्पस मानित विश्वविद्यालयमा रुपान्तरण हुने प्रक्रियामा समेत बुटवल उपमहानगरपालिकाको महत्वपुर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुुभयो । बधाई ग्रहण गर्दै मेयर पाण्डेय तथा वडाध्यक्ष क्षेत्रीले क्याम्पसको विकास र समृद्धीमा आफ्नो आफ्नो स्थानबाट कटिबद्ध भएर लाग्ने उद्धघोष गर्नुभयो ।