लुम्बिनी वाणिज्य क्याम्पसले चौथो अन्तर्राष्ट्रिय कन्फ्रेन्स आयोजना गर्ने भएको छ । क्याम्पसले मंगलबार पत्रकार सम्मेलन गरी आगामी मंसिर १४ र १५ गते दुईदिन इन्टरनेशनल कन्फ्रेन्स अन ग्लोबल इनोभेसन इन म्यानेजमेन्ट एण्ड सोसल साइन्स (प्रज्ञानम् ब्रह्म-०४) आयोजना गर्न लागिएको जानकारी गराएको छ ।
बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने कन्फ्रेन्सको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गर्ने क्याम्पस प्रमुख प्राध्यापक डा। ताराप्रसाद उपाध्यायले बताए । प्राध्यापकहरुले उच्च शैक्षिक गुणस्तर वृद्धि गर्न ज्ञान र सीपलाई वृत्ति विकाससँग जोड्ने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च शैक्षिक समन्वय बढाउन यस्ता अन्तर्राष्ट्रियस्तरका कन्फ्रेन्सहरु महत्वपूर्ण हुने उनले बताए ।
कन्फ्रेन्समा नेपालसहित भारत, पाकिस्तान, चीन थाइल्याण्ड, मलेसियालगायतका विभिन्न विश्व विद्यालयका पदाधिकारी, वरिष्ठ प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्ताहरु तथा सरकारी तथा गैरसरकारी अभ्यासकर्ताहरुले अनुसन्धानको निष्कर्ष प्रस्तुत गर्ने छन् । लुम्बिनी वाणिज्य क्याम्पसले सञ्चालन गर्दै आएको यो चौथो कन्फ्रेन्स हो । यस अगाडि तीनपटक सम्पन्न गरिसकेको छ ।
नेपालको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्राध्यापक डा। डिल्लीराज शर्मासहित भारत, चिन, मलेसिया, थाइल्याण्डका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरुलाई प्रमुख वक्ताको रुपमा राखिएको सहप्राध्यापक तथा कार्यक्रम संयोजक पिताम्बर सापकोटाले जानकारी दिए । त्यसबाहेक सरकारी तथा गैरसरकारी संस्थाका अनुसन्धानकर्ताहरु समेत गरी १२० जनाभन्दा बढी अनुसन्धानकर्ताहरुले अनुसन्धान पत्र प्रस्तुत गर्नेछन् । कन्फ्रेन्स सम्पन्न गर्न ४५ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
मोहन पौडेल १८ असोज, बुटवल । तिलोत्तमा वडा नं. २ मुस्कान पथ निवासी विष्णु प्रसाद सुवेदीले आफ्नो श्रीमती स्वर्गीय राधा कुमारी सुवेदी पन्थको स्मृतिमा लुम्बिनी वाणिज्य क्याम्पसमा एक लाख पचास हजार रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पसमा सहायक प्रशासक पदमा सेवारत रहि २०८१ आषाढ ३० गते उपचारको क्रममा असामयिक निधन हुनुभएकी आफ्नो श्रीमती स्वर्गीय राधा कुमारी सुवेदी पन्थको ४४ औं जन्मदिनको अवसर पारी सोही क्याम्पसमा एक लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।
शुक्रबार निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक महेश प्रसाद चौधरी कुर्मीलाई सुवेदीले एक लाख पचास हजार रुपैयाको चेक हस्तान्तरण गर्नुभएको हो । स्वर्गीय राधा कुमारी सुवेदी पन्थको जन्मदिनको अवसर पारी अक्षयकोष स्थापना गर्नुभएकोमा सुवेदी परिवारलाई निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक कुर्मीले धन्यवाद ज्ञापन गर्दै अक्षयकोषको व्याजले क्याम्पसमा अध्ययनरत आर्थिक रुपमा बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गरिने बताउनुभयो ।
सुवेदीले अक्षयकोष मार्फत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर दिवङ्गत जीवनसाथीको स्मरणको बाटो रोज्नुभएको हो । अक्षयकोषको माध्यमबाट दिवङ्गत श्रीमतीको सधैं सम्झना भइरहने सुवेदीको विश्वास छ ।
चेक हस्तान्तरण पछि भावुक हुँदै श्रीमान विष्णु सुवेदीले भन्नुभयो–‘आफ्नो श्रीमतीले २१ वर्ष भन्दा बढी सेवा गरेको क्याम्पसमा उनकै नाममा अक्षयकोष स्थापना गरि उनको सम्झनालाई जीवन्त राख्न चाहन्छु । म, छोरी चाहाना सुवेदी र छोरा चन्दन सुवेदीको तर्फबाट स्थापना गरिएको अक्षयकोषले क्याम्पसमा अध्ययनरत आर्थिक रुपमा बिपन्न तथा जेहेन्दार विद्यार्थीको उज्ज्वल भविष्यका लागि सहयोग पुग्ने विश्वास गरेको छु ।’
आश्विन १३ । बुटवल देवीनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसमा प्रश्नपत्र निर्माण सम्बन्धी एक दिने कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पस, स्वायत्त परीक्षा संचालक समितिको आयोजनामा भएको गोष्ठीमा त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट एम.फिल. कार्यक्रमका पूर्व निर्देशक प्रा.डा. माधवराज कोइराला श्रोत व्यक्तिको रूपमा रहनुभएको थियो ।
स्वायत्त परीक्षा संचालक समिति अध्यक्ष एवं लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षता,
लुम्बिनी वाणिज्य क्याम्पस, स्याट संयोजक पुनाराम घिमिरेको संचालन रहेको गोष्ठीमा प्रा.डा. उपाध्यायले गोष्ठीको उद्देश्य र औचित्यतामाथि प्रष्ट पार्दै प्रश्नपत्र सम्बन्धी अनुभवहरु सुनाउनुभएको थियो ।
लुम्बिनी वाणिज्य क्याम्पसमा प्राध्यापनरत ४१ जना प्राध्यापकहरुको सहभागिता रहेको गोष्ठीमा श्रोत व्यक्ति प्रा.डा. कोइरालाले प्रश्नपत्र निर्माणका विधि, प्रक्रियाको बारेमा प्रशिक्षण दिदै प्राध्यापकहरु प्रश्नपत्र निर्माणमा सूक्ष्म तरिकाले लाग्नुपर्ने र गुणस्तरीयतामा ख्याल गर्नुपर्ने बताउनुभयो।
मोहन पौडेल बुटवल, असार २२ । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको सञ्चालक समितिमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को चौधौं क्याम्पस सभाले आगामी तीन वर्षको लागि नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । १३ सदस्यीय क्याम्पस सञ्चालक समिति रहनेमा शनिवार सम्पन्न सभाले सञ्चालक समितीको अध्यक्षमा सुरेन्द्र प्रसाद श्रेष्ठलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
क्याम्पस सभामा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति, रुपन्देहीका अध्यक्ष एवं परिषद्का पदेन सदस्य उमाकान्त चपाइँले लुम्बिनी वाणिज्य क्याम्पस लुम्बिनी प्रदेशको मात्र नभई देशकै अग्रणी शैक्षिक धरोहर रहेको उल्लेख गर्दै क्याम्पसलाई विश्वविद्यालयको रुपमा स्थापित गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
सभामा बोल्दै विशिष्ट अतिथि एवं बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले क्याम्पस राष्ट्रकै नमुना क्याम्पस रहेको र नयाँ नेतृत्वले पनि क्याम्पसको गरिमालाई अझै उचाँईमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
सभामा बोल्दै लुम्बिनी वाणिज्य क्याम्पस स्ववियु अध्यक्ष विजय कार्कीले क्याम्पसको नयाँ नेतृत्वले क्याम्पसको चौतर्फि उन्नयनका साथसाथै विद्यार्थीहरुको सर्वाङ्गिण हितमा पनि ध्यान दिई अगाडि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
सभाको अध्यक्षता ग्रहण गर्नुभएका क्याम्पस व्यवस्थापन तथा विकास परिषद्का अध्यक्ष मोतीलाल पाण्डेले आफ्नो दुई कार्यकाल सफलतापुर्वक सम्पन्न गर्न अहम भुमिका खेल्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्दै नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो ।
क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायको सञ्चालन रहेको सभामा सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले क्याम्पसको सर्वोपरि हितको लागि सरोकारवाला सबैसंग आवश्यक समन्वय र सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
चौधौं सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष मोतिलाल पाण्डेले प्रस्तुत गर्नुभएको अध्यक्षको वार्षिक प्रतिवदेन, क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको आ.व. ०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन तथा आ.व. ०८१÷०८२ को अनुमानित बजेट समेत अनुमोदन गरेको छ भने आ.व. ०८०÷०८१ का लागि लेखापरीक्षकको नियुक्ति, विधान तथा नियमावली २०६६ संशोधन, परिषद् सदस्य मनोनयन लगायतका विषयमा छलफल गरि अनुमोदन समेत गरेको छ ।
वि.सं. २०३७ सालमा लुम्बिनी व्यवस्थापन अध्ययन संस्थानको नामबाट अनौपचारिक रुपमा कोचिङ कक्षाको रुपमा सञ्चालन गरिएकोमा लुम्बिनी वाणिज्य क्याम्पसले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि करिब ४४ वर्षको अवधीमा आईपुग्दा व्यवस्थापनतर्फ देशकै उत्कृष्ट क्याम्पसको रुपमा स्थापित भएको छ । २०६८ साल र २०७५ सालमा दुईपटक क्यू.ए.ए. प्राप्त तथा सामुदायिक क्याम्पसहरु मध्ये नेपालकै उत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट दुई पटक सम्मानित यस क्याम्पसमा हाल बि.बि.एस., बि.एम.एस., बि.बि.एम., बि.बि.एम. अप्लाईड, बि.बि.ए. एफ.ए., एम.बि.एस., एम.बि.एस. फाइनान्स र एम.बि.ए. बि.एफ.का कक्षाहरु सञ्चालन भईरहेका छन् । स्थायी, आंशिक र करार गरि ६५ जना प्राध्यापक तथा कर्मचारी कार्यरत यस क्याम्पसमा सबै कार्यक्रमतर्फ हाल चार हजार विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
ज्येष्ठ १० । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
लुम्बिनी वाणिज्य क्याम्पसमा कार्यरत कर्मचारीहरुको लागि भूतपूर्व विद्यार्थी समाज, लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा तालिम भएको हो।
उद्घाटन सत्रमा समाजका उपाध्यक्ष लालहरि पाण्डेको अध्यक्षता,
क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता, सहायक क्याम्पस प्रमुख उप-प्राध्यापक महेश प्रसाद चौधरी कुर्मीको विशिष्ट आतिथ्यता, संस्थापक अध्यक्ष सह-प्राध्यापक गोपाल प्रसाद पाण्डे, श्रोत व्यक्तिहरु सह-प्राध्यापक राजेन्द्र लम्साल, मुकुन्द ज्ञवाली, स्याट संयोजक पुनाराम घिमिरेको आतिथ्यता, कार्यक्रम संयोजक पुष्कर भुसालको स्वागत मन्तव्य एवं सचिव नरेश कुमार श्रेष्ठ र सहसचिव विष्णु कुवरको संचालन रहेको थियो।
तालिममा श्रोत व्यक्तिहरु सह-प्राध्यापक राजेन्द्र लम्साल र मुकुन्द ज्ञवालीले संस्थाले कार्य वातावरण कसरी निर्माण गरिदिनुपर्छ ? समयानुसार कर्मचारीले कसरी प्रभावकारी रूपमा कार्य सम्पादन गर्नुपर्छ? सेवा प्रवाह कस्तो हुनुपर्छ ? लगायतका बारेमा सहजीकरण गर्नुभएको थियो।
तालिमको समापन सत्रमा बोल्दै प्रमुख अतिथि एवं क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले तालिमले मात्र कुनै व्यक्तिमा एकाएक परिवर्तन नआउने बताउदै परिवर्तन हुने कि नहुने आफ्नै हातमा रहेको बताउनुभयो । सेवा प्रवाहमा प्रभावकारीता ल्याउन सिपसङ्ग सम्बन्धित तथा उत्प्रेरणात्मक तालिमहरु क्याम्पसले निरन्तर प्रदान गर्ने समेत उहाँले बताउनुभयो । तालिममा सहभागीको तर्फबाट बोल्दै सहायक प्रशासक राधा पन्थ र मुख्य सहयोगी रतन गरिले तालिमले आफुहरुमा सकारात्मक उर्जा प्रदान गरेको र पुनरताजकि पनि गराएको बताउनुभयो ।
ज्येष्ठ ५ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा बैङ्किङ सेमिनार सम्पन्न भएको छ।
अध्ययन सङ्गसङ्गै अनुसन्धानलाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ एमविए तेस्रो सत्रमा अध्ययनरत विद्यार्थीहरुको लागि पोखरामा उक्त सेमिनार आयोजना गरिएको हो। एमविए कार्यक्रम डाइरेक्टर उपप्राध्यापक डा. भगवती प्रसाद चौधरीको अध्यक्षता, कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक विरन्जी गौतमको प्रमुख आतिथ्यता, प्रा.डा. राधेश्याम प्रधानको विशिष्ट आतिथ्यता, प्रा.डा. ध्रुवराज पोख्रेल, क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्याय र सहप्राध्यापक भरत भुसालको उपस्थिति रहेको सेमिनारको उद्घाटन सत्रको संचालन विद्यार्थी गोपाल खनालले गरेका थिए भने स्वागत मन्तव्य विद्यार्थी प्रकाश पौडेलको रहेको थियो।
सेमिनारको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि गौतमले लुम्बिनी वाणिज्य क्याम्पसले नियमित रूपमा अनुसन्धानमुलक कार्यक्रम गरेकाले नै फरक पहिचान बनाएको बताउनुभयो । विशिष्ट अतिथि प्रधानले विद्यार्थीका लागि अनुसन्धान अत्यन्तै महत्वपूर्ण रहेकाले अनुसन्धान कार्यमा विद्यार्थीहरुलाई यसरी नै निरन्तर प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
प्रा.डा. राधेश्याम प्रधानको अध्यक्षता तथा प्रा.डा. ध्रुवराज पोख्रेल विज्ञ रहेको टेक्निकल सेसनमा ३३ जना विद्यार्थीहरुले आ-आफ्नो अनुसन्धानमुलक लेख प्रस्तुत गरेका थिए भने अनुसन्धानमा थप निखारता ल्याउन गर्नुपर्ने कामहरुको बारेमा विद्यार्थीलाई विज्ञले सुझाव समेत प्रस्तुत गर्नुभको थियो ।
वैशाख ३ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा सेवा निवृत्त हुनुभएका कर्मचारीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ।
क्याम्पसको आयोजनामा सेवा निवृत्त हुनुभएका कर्मचारीहरुलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो।क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायको अध्यक्षता रहेको कार्यक्रमको संचालन बिबिएस तथा एमविएस कार्यक्रम इन्चार्ज उपप्राध्यापक डिल्ली राज गौतमले गर्नुभएको थियो ।कार्यक्रममा निवृत्त हुनुभएका कर्मचारीद्वय श्री केश बहादुर थापा र श्री भीम बहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो भने कार्यक्रममा सम्मानित हुनुभएका कर्मचारीद्वय थापा र क्षेत्रीले आआफ्नो अनुभव पनि राख्नुभएको थियो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख प्रा. डा. उपाध्यायले निवृत्त हुनुभएका कर्मचारीहरुलाई आफ्नो जीवनको लामो समय यस क्याम्पसमा व्यतीत गर्नुभएको र त्यो योगदानको जति नै प्रसंशा वा सम्मान गरेपनि कम नै हुने बताउनुभयो ।
फाल्गुन ६ । बुटवल ११ देविनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसको ४३ औ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रम आयोजना गरी शनिबार सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतीलाल पाण्डेको अध्यक्षता रहेको उक्त समारोहमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकूलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
मूल समारोहमा बोल्दै प्रमुख अतिथि बज्राचार्यले क्याम्पसले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै दोश्रोपटक पनि लुम्बिनी वाणिज्य क्याम्पस नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस घोषणा हुनु यस क्षेत्रकै गौरवको विषय रहेको बताउनुभयो । उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी वाणिज्य क्याम्पसबिच विभिन्न गतिविधिमा थप सहकार्य रहने बताउनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतिलाल पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चँपाई, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, अतिथिहरु क्याम्पस सञ्चालक समिति पुर्व अध्यक्ष अर्जुनमान सैंजु, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, नेकपा एमाले नगर अध्यक्ष किसन ज्ञवाली, नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसी, राष्ट्रिय स्वतन्त्र पार्टिका नगर संयोजक राजन पाण्डे, राष्ट्रिय जनमोर्चा पार्टीका नगर अध्यक्ष पदम श्रेष्ठ, कर्मचारी संघ लुम्बिनी वाणिज्य क्याम्पस अध्यक्ष पुष्कर भुसाल, स्ववियु अध्यक्ष विजय कार्की, विद्यार्थी नेताहरु समिर आचार्य, रेशम के.सी., माधव बस्याल, पुष्कर पोख्रेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको समारोहमा विभिन्न क्षेत्रमा रोजगार÷स्वरोजगार भएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । साथै विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ती र साताव्यापी रुपमा सञ्चालन भएका अतिरिक्त क्रियाकलापहरुका विजयीहरुलाई प्रमाण पत्र, मेडल तथा शिल्डले पुरस्कृत गरिएको थियोे । सो अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए । मूल समारोह संयोजक सहप्राध्यापक विष्णु जोशीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन उपप्राध्यापक लक्ष्मण प्रसाद भण्डारीले गर्नुभएको थियो ।
बुटवल, माघ २८ बुटवल देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको ४३ औं वार्षिकोत्सव समारोहको अवसरमा आइतबारबाट खेल सप्ताह सुरु भएको छ । क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले विविएस चौथो वर्ष र विविएम तेश्रोसत्रविच भएको छात्र भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुदै खेल सप्ताहको शुभारम्भ गर्नुभएको हो । शुभारम्भ कार्यक्रममा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो भने खेल सप्ताह फाल्गुण ४ गतेसम्म सञ्चालन हुने छ । क्याम्पसले साताव्यापी कार्यक्रमको आयोजना गर्दै फाल्गुन ६ गते एक समारोहका बिच ४३ औं वार्षिकोत्सव मनाउदैछ ।
खेल सप्ताह अन्तर्गत भलिबल प्रतियोगिता, चेस प्रतियोगिता, बास्केटबल प्रतियोगिता, क्रिकेट प्रतियोगिता, एक मिनेट कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, रसि तान्ने प्रतियोगिता, दौड प्रतियोगिता, टेवल टेनिस, लगायतका प्रतियोगिताहरु सञ्चालन गरिने ४३ औं वार्षिकोत्सव समारोह मुल संयोजक सहप्राध्यापक विष्णु जोशीले जानकारी दिनुभयो । सोही अवसरमा रक्तदान कार्यक्रम, सांस्कृतिक कार्यक्रमका साथै क्याम्पसमा अध्ययन गरी २०७९ फाल्गुनदेखि २०८० माघ महिनासम्म सरकारी र गैरसरकारी तथा अन्य संघ संस्थाहरुमा रोजगारीको शिलशिलामा आवद्ध भएका वा आफ्नै उद्योग तथा व्यवसाय सञ्चालन गरी स्वउद्यमी भएकाहरुमध्ये उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।
आइतबार भएको भलिबल प्रतियोगिताको उद्घाटन खेलमा विविएस चौथो वर्ष विजयी भएको छ भने दोश्रो खेलमा विविएस प्रथम वर्ष समुह ए र तेश्रो खेलमा विएमएस विजयी भएको छ ।
माघ २० बुटवल । शिक्षक अभिभावक संघ, लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा विविएम अप्लाइड कार्यक्रममा अध्ययनरत विद्यार्थीका अभिभावकहरुका बिच मनोपरामर्श तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ ।क्याम्पसको तालिम कक्षमा सम्पन्न भएको उक्त कार्यक्रमको पहिलो सत्रमा विशिष्ट अतिथि श्रोत व्यक्ति एवं देवदह मेडिकल कलेजका एमडी तथा न्युरो विशेषज्ञ सह प्रा. डा. बिक्रम काफ्लेले युवा अवस्थामा देखिन सक्ने मानसिक समस्या, यसका पहिचान र समाधानका उपायहरूका बारेमा बोल्नुभएको थियो।
दोस्रो सत्रमा क्याम्पसले संचालन गरेका र गर्ने विभिन्न गतिविधिहरुका बारेमा विविएम कार्यक्रम इन्चार्ज उपप्राध्यापक मधुकर शर्माले अभिभावकहरुबिच जानकारी गराउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं क्याम्पस संचालक समितिका अध्यक्ष मोतिलाल पाण्डेले अभिभावकका सुझाव सल्लाह क्याम्पसले निरन्तर खोजिरहने भएकाले यसप्रकारको कार्यक्रमको आयोजना निरन्तर गर्दै आएको बताउदै अभिभावकका सुझावहरु आत्मसात गर्दै अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा उठेका जिज्ञासाहरुका बारेमा विशिष्ट अतिथि एवं निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक महेश प्रसाद चौधरी कुर्मीले प्रष्ट पार्नुभएको थियो।कार्यक्रमको संचालन सचिव उपप्राध्यापक पिताम्बर सापकोटाले गर्नुभएको थियो भने अध्यक्षता अध्यक्ष कविता कुवरको रहेको थियो।
बुटवल १९ । स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) लुम्बिनी वाणिज्य क्याम्पसले प्रथम वर्ष तथा प्रथम सेमेस्टरमा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
स्ववियु अध्यक्ष बिजय कार्कीको अध्यक्षता, लुम्बिनी वाणिज्य क्याम्पस संचालक समितिका अध्यक्ष मोतिलाल पाण्डेको प्रमुख आतिथ्यता तथा त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीको बिशिष्ट आतिथ्यता, सचिव निराजन खरेलको संचालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं क्याम्पस संचालक समितिका अध्यक्ष पाण्डेले नवआगन्तुक विद्यार्थीहरु र संचालक समितिबिच एक आपसमा चिनजान गर्ने अवसर प्रदान गरेकोमा स्वतन्त्र बिद्यार्थी युनियनलाई धन्यवाद दिनुभयो । स्वतन्त्र बिद्यार्थी युनियनले बिद्यार्थीहरुका हरेक समस्याहरुको समाधान गरि गुणस्तरीय शिक्षाको निम्त्ती पहल गर्न आग्रह समेत गर्नुभयो ।
सोहि अबसरमा बोल्दै त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याणकारी तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले स्वतन्त्र बिद्यार्थी युनियनले विद्यार्थीको अध्ययन सँगै क्याम्पसको विकासको निम्ती महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । युनियनले विद्यार्थीका हितलाई मध्यनजर गर्दै आफ्नो मर्यादालाई कायम राखि क्याम्पसको हितका निम्ती लाग्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सम्पुर्ण विद्यार्थीहरुको अभिभावकत्व स्ववियुले गर्ने भन्दै बिद्यार्थीको हक अधिकारको संरक्षण गर्दै क्याम्पसको प्रगति र उन्नतिमा सधै सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख उपप्राध्यापक महेशप्रसाद चौधरी कुर्मी, विविएम कार्यक्रम इन्चार्ज उपप्राध्यापक मधुकर शर्मा लगायतले बोल्नुभएको थियो।
माघ १८ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बुटवल ११ देवीनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसमा "विश्वविद्यालय प्राज्ञिक स्वायत्तता र भावी कार्यदिशा" विषयक अन्तरक्रियात्मक कार्यक्रम बिहीवार सम्पन्न भएको छ।विश्वविद्यालयमा भएका प्राज्ञिक स्वायत्तताका व्यवस्थाहरु, नेपालमा संचालित स्वायत्त कार्यक्रमहरु र यसको भावी कार्यदिशाबारे छलफल भएको उक्त कार्यक्रमको आयोजना लुम्बिनी वाणिज्य क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियन, लुम्बिनी वाणिज्य क्याम्पसले संयुक्त रुपमा गरेको हो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा, त्रिभुवन विश्वविद्यालय, योजना निर्देशनालयका निर्देशक प्रा.डा. ध्रुव कुमार गौतम र लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्याय प्यानलिस्टको रुपमा सहभागी हुनुभएको थियो भने पत्रकार दिनेश पाण्डेले मोडेरेटरको भुमिका निर्वाह गर्नुभएको थियो। स्वतन्त्र विद्यार्थी युनियनको सभाहलमा संचालन भएको कार्यक्रमको संचालन स्ववियु सचिव निराजन खरेलले गर्नुभएको थियो भने कार्यक्रममा विद्यार्थी, अभिभावक, प्राध्यापक, कर्मचारी, संचालक समिति, भुपु विद्यार्थी, स्ववियु सभापतिहरु, विद्यार्थी नेताहरु, राजनैतिक व्यक्तित्व, शैक्षिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, संचारकर्मी लगायतको सहभागीता रहेको थियो।
लुम्बिनी टेलिभिजन तथा विभिन्न माध्यमबाट प्रत्यक्ष प्रसारण भएको उक्त कार्यक्रम करिब २ घण्टा ३० मिनेटसम्म चलेको थियो।
वाणिज्य क्याम्पसमा सहायक क्याम्पस प्रमुखको पदस्थापना
बुटवल , ११ माघ ।
लुम्बिनी वाणिज्य क्याम्पसले सहायक क्याम्पस प्रमुखमा उपप्राध्यापक महेश प्रसाद चौधरी कुर्मीलाई नियुक्त गर्दै बिहीवार पदस्थापन गरेको छ ।क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्यायले नियुक्ति पत्र, टिओआर प्रदान गर्दै र निवर्तमान सहायक क्याम्पस प्रमुख सहप्राध्यापक विष्णु जोशीले खादा, पुष्प गुच्छा सहित सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा पदस्थापन गराउनुभएको हो।
पदस्थापन कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै क्याम्पस प्रमुख प्रा. डा. उपाध्यायले नवनियुक्त सहायक क्याम्पस प्रमुखले प्रशासनिक र प्राज्ञिक उन्नयनमा थप रचनात्मक भुमिका खेल्नुहुने विश्वास व्यक्त गर्नुभयो साथै उहाँले निवर्तमान सहायक क्याम्पस प्रमुख सहप्राध्यापक विष्णु जोशीलाई ५ वर्षे सफल कार्यकालका लागि धन्यवाद ज्ञापन समेत गर्नुभयो।
पदभार ग्रहण गर्दै नवनियुक्त सहायक क्याम्पस प्रमुख चौधरीले आफ्नो लागि क्याम्पसको चौतर्फी विकास एक मात्र सपना रहेको बताउदै क्याम्पसको शैक्षिक तथा प्रशासनिक गतिविधि थप उच्च बनाउनका लागि आफ्नो सक्रियता र भूमिकालाई फरक किसिमले प्रभावकारी बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै निवर्तमान सहायक क्याम्पस प्रमुख जोशीले आफ्नो कार्यकाल सबैको साथ सहयोगले गर्दा नै सहजरूपमा सम्पन्न भएको बताउनुभयो।
क्याम्पस सञ्चालक समितिको यही पौष २९ गते बसेको बैठकको निर्णय अनुसार चौधरीलाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरिएको हो । क्याम्पस प्रमुख प्रा. डा. उपाध्यायको अध्यक्षता, स्याट संयोजक पुनाराम घिमिरेको संचालन रहेको कार्यक्रममा निवर्तमान क्याम्पस प्रमुख जोशीलाई कदरपत्रले सम्मान समेत गरिएको थियो।
माघ ५ बुटवल । लुम्बिनी वाणिज्य क्याम्पस कर्मचारी संघको तेह्रौं साधारणसभा तथा नवौं अधिवेशन सम्पन्न भएको छ ।
संघकी अध्यक्ष राधा पन्थको अध्यक्षता एवं सचिव दीपक भट्टराईको संचालनमा भएको तेह्रौं साधारणसभा तथा नवौं अधिवेशनले पुष्कर भुसाल अध्यक्ष रहेको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा दिपक भट्टराई, सचिवमा ज्योति श्रेष्ठ, कोषाध्यक्षमा दुर्गा प्रसाद अर्याल, सदस्यहरुमा मोहन पौडेल, उजर बहादुर घिमिरे, थमन बहादुर थापा, आशा थारु रहनुभएको छ ।
साधारण सभा तथा अधिवेशनको पहिलो सत्रमा प्रमुख अतिथि संघका संरक्षक एवं लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्याय, विशिष्ट अतिथि एवं सहायक क्याम्पस प्रमुख सहप्राध्यापक विष्णु जोशी, अतिथि एवं प्राध्यापक संघ इकाई समिति सभापति उपप्राध्यापक धन बहादुर पुन, निर्वाचन संयोजक सहप्राध्यापक कुल बहादुर कार्की, संस्थापक अध्यक्ष रतन गिरि, स्याट कोर्डिनेटर पुनाराम घिमिरे, संघका उपाध्यक्ष पुष्कर भुसाल लगायतले बोल्नुभएको थियो ।
पहिलो सत्रमा सम्पूर्ण अतिथिहरु तथा संघका पुर्वअध्यक्षहरु रतन गिरी, दल बहादुर श्रेष्ठ, सहायक प्रशासक कपिल गौतमलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । साधारण सभा तथा अधिवेशनले संघकी अध्यक्ष राधा पन्थले प्रस्तुत गर्नुभएको अध्यक्षको वार्षिक प्रतिवदेन, कोषाध्यक्ष ज्योति श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनसमेत अनुमोदन गरेको छ ।
असोज ५ मोहन पौडेल । लुम्बिनी वाणिज्य क्याम्पसमा जिल्ला स्तरीय अन्तर कलेज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
अतिरिक्त क्रियाकलाप विभाग, लुम्बिनी वाणिज्य क्याम्पसको आयोजना तथा विविएम कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुको अग्रसरतामा भएको जिल्ला स्तरीय अन्तर कलेज हाजिरीजवाफ प्रतियोगितामा रुपन्देही जिल्लाभरका बीस वटा कलेजको सहभागीता रहेको थियो ।
जिल्ला स्तरीय अन्तर कलेज हाजिरीजवाफ प्रतियोगितामा सहिद नारायण पोख्रेल रामापुर क्याम्पस प्रथम भएको छ भने लुम्बिनी वाणिज्य क्याम्पस द्वितीय तथा सिटि क्याम्पस, बुटवल तृतीय हुन सफल भएको छ ।
ग्लोबल आइएमई बैंक, एनआइसी एसिया बैंक, गरिमा विकास बैंकको प्रायोजन रहेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कलेजहरुलाई क्रमशः तीस हजार, बीस हजार र दस हजार नगद तथा प्रमाणपत्र, शिल, मेडल प्रदान गरिएको थियो ।
अतिरिक्त क्रियाकलाप विभाग प्रमुख उपप्राध्यापक नवराज खरेलको अध्यक्षता तथा उपप्राध्यापकद्वय लक्ष्मण प्रसाद भण्डारी र तुल्सी प्रसाद भुसालको संचालन रहेको कार्यक्रममा प्रमुख अतिथि एवं क्याम्पस संचालक समितिका अध्यक्ष मोतिलाल पाण्डे, विशिष्ट अतिथि एवं सहायक क्याम्पस प्रमुख सहप्राध्यापक विष्णु जोशी, बिबिएम कार्यक्रम इन्चार्ज मधुकर शर्मा, सहिद नारायण पोख्रेल रामापुर क्याम्पसका उपप्राध्यापक विष्णु प्रसाद अर्याल, स्ववियु अध्यक्ष विजय कार्की, विद्यार्थी याशिर मसुद लगायतले बोल्नुभएको थियो ।