चैत्र १४, बुटवल । नेपालको सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा नेपाल सरकारबाट दोस्रोपटक पुरस्कृत लुम्बिनी वाणिज्य क्याम्पस बुटवल’ र नेपालकै नमुना अटो भिलेजका रुपमा परिचित  बुटवल अटो इन्जिनियरिङ एशोसियसन’ बिच बिहीबार एक कार्यक्रमका माझ सहकार्यका लागि सहमति भएको छ।

बुटवल अटो भिलेजको प्रवद्र्धन तथा व्यवसाय विकासका लागि विभिन्न रचनात्मक गतिविधिहरु सम्पन्न गर्ने र लुम्बिनी बाणिज्य क्याम्पसका विद्यार्थीहरुलाई रोजगारी तथा ईन्टनशिपका अवसरहरु सृजना गर्ने सम्बन्धमा समन्वयन र सहकार्य गर्ने सहमति भएको हो।

लुम्बिनी बाणिज्य क्याम्पसको तर्फबाट सञ्चालक समिति अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्याय, परामर्श प्लेसमेन्ट तथा उद्यमशिलता विकास सेलका संयोजक मुकुन्द ज्ञवाली र  बुटवल अटो इन्जिनियरिङ एशोसियसनको तर्फबाट अध्यक्ष प्रेम गौचन, उद्योग उपाध्यक्ष ध्रुव राज भुषाल, महासचिव पुनित पोख्रेल  र व्यवस्थापक हिमाल खनालको उपस्थितिमा उक्त सहमति भएको हो।

कार्यक्रममा लुम्बिनी बाणिज्य क्याम्पसका सञ्चालक समिती अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले क्याम्पसले यस क्षेत्रको व्यावसायीक तथा आर्थिक विकासको लागी सदैव सहयोग गर्ने बताउनुभयो। यस्तै क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले अटो व्यवसायमा देखिएका समस्याहरुको समाधानको लागी अनुसन्धानात्मक कार्य गरी सुझावसहित प्रतिवेदन तयार पार्ने कार्यमा क्याम्पसले सहयोग गर्नसक्ने साथै उद्यमी व्यवसायीहरुलाई आवश्यक व्यवस्थापकिय तालिमहरु सञ्चालन गर्न सकिने बताउनुभयो। बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष श्री प्रेम गौचनले स्वदेशी उद्योगहरुमा दक्ष कामदारको अभाव खटिकरहने तर यता बेरोजगारीको संख्या पनि बढीरहेको यथार्थतामा लुम्बिनी बाणिज्य क्याम्पसका विधार्थीहरुको लागी रोजगारी तथा ईन्टनसिप अवसर सृजना गर्न बुटवल अटो इन्जिनियरिङ एशोसियसन तत्पर रहेको बताउनु भयो।