लुम्बिनी वाणिज्य क्याम्पसका विद्यार्थीहरुको लागी रोजगार उन्मुख तालिम, इन्टर्नसीप र रोजगारी अवसरहरूलाई सहज बनाउनको लागी लुम्बिनी बाणिज्य क्याम्पस र स्किल ल्याव नेपाल विच समझदारी पत्रमा हस्ताक्षर भएको छ। लुम्बिनी बाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा डा तारा प्रसाद उपाध्याय र स्किल ल्याबका ईन्नोभेसन स्ट्राटेजी प्रमुख सिरिजङ्ग ह्याङ राई ले हस्ताक्षर गर्नु भएको समझदारीपत्रमा साक्षीको रुपमा स्याट कोडिनेटर उप प्राध्यापक पुनाराम घिमिरे र क्याउसिलिङ प्लेसमेन्ट तथा उद्यमशिलता विकास सेलका संयोजक मुकुन्द ज्ञवालीको समेत हस्ताक्षर रहेको छ । उक्त समझदारी अनुसार स्किल ल्याबले लुम्बिनी बाणिज्य क्याम्पसलाई राष्ट्रिय अन्तराष्ट्रिय कम्पनीहरूसँग साझेदारी स्थापना गर्न सहजीकरण गर्ने क्याम्पसका विद्यार्थीहरूलाई उद्योग सम्बन्धित तालीम र इन्टर्नशिप कार्यक्रमहरूमा सहभागी गराउन सहजीकरण गर्ने छ। यो सम्झौता मार्च २०२५ देखी फेव्रुअरी २०२६ सम्म एक वर्षको रहने छ ।

स्किल ल्यावले लुम्बिनी वाणिज्य क्याम्पसका ईच्छुक सबै विद्यार्थीहरुलाई क्यारियर काउन्सिलिङ, लक्ष्य निर्धारण, कर्पोरेट कम्युनिकेशन, टिम विल्डिङ, ईमोस्नल ईन्टेलिजेन्स, डिजाईन थिंकिङ तथा विभिन्न सिप मुलक तालिमहरु क्याम्पस मै आएर प्रदान गर्ने समझदारी भएको छ। त्यस्तै भर्चुयल्ली समेत जव प्लेसमेन्टको लागी कर्पोरेट क्षेत्रको आवश्यकता अनुसारका विविध सीप मुलक तालिमहरु प्रदान गर्ने छ । त्यस्तै फ्याकल्टीहरुको समेत क्षमता अभिबृद्धीको लागी २० जनालाई डाटा क्याम्प लाईसेन्स प्रदान गर्ने सम्झौता भएको छ ।

लुम्बिनी वाणिज्य क्याम्पसले निकट भविश्यमा आयोजना गर्न गैरहेको रोजगार मेलामा स्किल ल्याबले रोजगारदाता को व्यवस्थापना गर्ने तथा आवश्यक प्राविधिक सहयोग गर्ने गरी भएको यस समझदारी पश्चात लुम्बिनी बाणिज्य क्याम्पसका विद्यार्थीहरूलाई रोजगार उन्मुख बिशेष कार्यक्रमहरुमा समावेश गराउने तथा विभिन्न कम्पनीहरु सगं साझेदारी सम्झौतामा हस्ताक्षर गर्न स्किल ल्याबले सहजीकरण गर्ने छ।स्किल ल्याबको सहयोगमा विद्यार्थीहरूको करियर विकासको लागी करियर सेवा केन्द्रको स्थापना भएको छ, जसले विद्यार्थीहरूलाई उद्योग सम्बन्धित तालीम र रोजगारी अवसरहरूको बारेमा जानकारी प्रदान गर्छ। लुम्बिनी बाणिज्य क्याम्पसको वेभ साईटमा गएर विद्यार्थीहरुले लग ईन गरी सेवाहरु लिन सक्नेछन् । यस सम्झौताले लुम्बिनी वाणिज्य क्याम्पसका विद्यार्थीहरूलाई व्यावसायिक सीप प्रदान गर्न र उद्योगसँगको सम्बन्ध बलियो बनाउन महत्वपूर्ण योगदान दिनेछ ।

Share