भाद्र २ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्वागत तथा सम्मान कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
विविएम अप्लाइड तेस्रो सेमेस्टर, विविएम पाचौ तथा सातौ सेमेस्टर लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा विविएम अप्लाइड दोस्रो सेमेस्टरका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा भर्खरै स्नातक तह सक्काएका विविएम आठौ सेमेस्टरका विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवं लुम्बिनी वाणिज्य क्याम्पस, क्याम्पस संचालक समितिका अध्यक्ष मोतिलाल पाण्डे, विशिष्ट अतिथि एवं निमित्त क्याम्पस प्रमुख सह प्राध्यापक विष्णु जोशी, विशिष्ट अतिथि एवं विविएम कार्यक्रम इन्चार्ज उपप्राध्यापक मधुकर शर्मा, कार्यक्रम संयोजक विद्यार्थी अमित गुप्ता, विद्यार्थीहरु अभिषेक केसि, महेश आचार्य, पुनम थापा, प्रकाश पौडेल, आस्था खत्री लगायतले आआफ्नो भनाइ राख्नुभएको थियो।
विद्यार्थी बन्दना न्यौपानेको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको सञ्चालन विद्यार्थी सिलम श्रेष्ठ र आयुष सुवेदीले गर्नुभएको थियो भने दिनभर क्याम्पसमा भएको सांस्कृतिक कार्यक्रम तथा अनौपचारिक कार्यक्रमको संचालन जीवन भुसाल र दीक्षा भण्डारीले गर्नुभएको थियो । सो अवसरमा आयोजना गरिएको मिस मिस्टर फ्रेसर प्रतियोगितामा मिस फ्रेसरको उपाधी आरति अर्याल र मिस्टर फ्रेसरको उपाधी यसिर मसुदले जित्नुभएको थियो भने बिबिएम पाचौं सेमेस्टरमा विश्वविद्यालय प्रथम हुन सफल विद्यार्थी सिलम श्रेष्ठलाई नगद प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण, नवआगन्तुक विद्यार्थीहरुलाई र विदाइ भइ जाने विद्यार्थीहरुलाई मायाको चिनोसहित सम्मान पनि गरिएको थियो ।
भाद्र १ बुटवल । लुम्बिनी प्रदेशभरीको व्यवस्थापन विषय अध्यापन हुने क्याम्पसहरु मध्ये बेस्ट बिजनेश स्कुल लुम्बिनी प्रदेशको अवार्ड लुम्बिनी वाणिज्य क्याम्पसले प्राप्त गरेको छ ।
न्यू बिजनेश एज प्रालिले प्रत्येक वर्ष आयोजना गर्दै आएको न्यूबिज बी–स्कूल रेटिङस् ¥याकिङ एन्ड अवार्डस् कार्यक्रममा यस वर्ष पनि ४ विधामा ७ ओटा प्रदेशका १६ कलेजलाई बुधवार अवार्ड प्रदान गरिएको हो ।
विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डलले चरणबद्ध मूल्यांकनपछि उत्कृष्ट बीस्कुल छनोट गरेको थियो । २ हजार ३०० बीस्कुलमध्ये शुरुको पहिलो चरणमा उनीहरूको वेवसाइटका आधारमा ६०२ ओटा सर्ट लिस्ट भएको थिए । विद्यालयको, मिसन, भिजन र स्लोगनलगायतको आधारमा गरिएको दोस्रो चरणको छनोट प्रक्रियामा करीब ३०० ओटा बीस्कुल छानिएका थिए । कम्तीमा ५ वर्षभन्दा बढी अवधिदेखि सञ्चालनमा रहेको आधारमा गरिएको तेस्रो चरणको छनोट प्रक्रियाबाट ८७ बीस्कुल निर्णायक मन्डलले छानेको थियो । सोही वमोजिम लुम्बिनी प्रोभिन्स लेभल बेस्ट बीस्कुलतर्फ लुम्बिनी बाणिज्य क्याम्पस बुटवलले अवार्ड हात पार्न सफल भएको हो । अवार्ड ग्रहण गरेपछि प्रतिक्रिया दिदै क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले क्याम्पसले यस प्रकारको अवार्ड पटकपटक प्राप्त गर्नुमा विद्यार्थी, अभिभावक, प्राध्यापक कर्मचारी र सरोकारवाला सबैको योगदान रहेको बताउनुभयो ।
लुम्बिनी वाणिज्य क्याम्पस विश्वविद्यालय अनुदान आयोगबाट दोश्रोपटक क्यू.ए.ए.प्रमाणपत्र प्राप्त गर्न सफल व्यवस्थापन विषयमा विशिष्टिकृत क्याम्पस हो भने यस क्याम्पसले नेपाल सरकार शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयबाट २०७५ सालमा उत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा र प्रदेश सरकार लुम्बिनी प्रदेशको तर्फबाट २०७६ सालमा प्रदेश प्रज्ञा पदक द्घितियबाट पनि विभुषित भएको थियो ।
यसैविच न्यूबिज बी–स्कूल रेटिङस् ¥याकिङ एन्ड अवार्डस् कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट कैलाली बहुमुखी क्याम्पस धनगढी, कर्णाली प्रदेशबाट सहारा क्याम्पस वीरेन्द्रनगर, गण्डकी प्रदेशबाट नोभेल एकेडेमी पोखरा, बागमती प्रदेशबाट प्रेजिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्स भरतपुर, मधेश प्रदेशबाट विरगन्ज पब्लिक कलेज वीरगन्ज र प्रदेश १ बाट दमक बहुमुखी क्याम्पस, दमकले बेस्ट बिजनेश स्कुल अवार्ड प्राप्त गरेका छन् ।
श्रावण १८ । लुम्बिनी वाणिज्य क्याम्पसमा विजनेश सेमिनार बुधवार सम्पन्न भएको छ ।
एम.वि.ए.–वि.एफ.कार्यक्रम पाचौं तथा छैठौ ब्याचका विद्यार्थीहरुको आयोजनामा सम्पन्न भएको सेमिनारमा नबिल बैंकका डेपुटि सिइओ मनोज कुमार ज्ञवाली तथा नेपाल क्रिकेट संघकी पूर्व सिइओ भावना घिमिरे श्रोत व्यक्तिको रुपमा रहनुभएको थियो ।
सेमिनारमा प्रमुख अतिथि एवं क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले लुम्बिनी वाणिज्य क्याम्पसले अनुसन्धानका क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय सेमिनार नियमित रुपमा आयोजना गर्दै आएको बताउनुभयो । उहाँले क्याम्पसले जस्तै विद्यार्थीहरुले पनि आफ्नै अग्रसरतामा यस प्रकारको सेमिनार आयोजना गरेकोमा खुशि लागेको बताउदै यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुलाई सिर्जनशिल बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
सेमिनारमा विशिष्ट अतिथि एवं श्रोत व्यक्ति ज्ञवालीले संघर्ष र असफलतालाई जित्दै वितेका आफ्नै जीवनका उत्प्रेरणात्मक कथाहरु प्रस्तुत गर्नुभएको थियो साथै उहाँले व्यवस्थापन शिक्षा, करियर प्लान, बैंकिङ क्षेत्रमा रोजगारीका अवसरहरु, उद्यमशिलताका लागि आवश्यक अठोट र पुँजी, सफलताका लागि लक्ष्य निर्धारण, नेतृत्व विकास, लगायतका बारेमा समेत बोल्नुभएको थियो ।
अर्का विशिष्ट अतिथि एवं श्रोत व्यक्ति घिमिरेले शैक्षिक यात्रा, वैदेशिक यात्रा र त्यहाबाट आफ्नै जन्मभुमीमा केही गर्छु भन्ने अठोटका साथ नेपाल प्रवेशको कथा, राजनीतिक दाउपेच र निलम्बनका विच क्यानमा भोगेका विभिन्न घटनाहरु लगायतका बारेमा बोल्नुभएको थियो ।
विद्यार्थी सुस्मिता तिमिल्सिनाको अध्यक्षता, विद्यार्थी दुर्गा डुम्रे र माया गहतराजको सञ्चालन तथा विद्यार्थी समृता भण्डारीको स्वागत मन्तव्य रहेको सेमिनारमा लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत ५०० बढी र रुपन्देही जिल्लाका विभिन्न क्याम्पसमा अध्ययनरत ६०० बढि विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रमका मेन्टर एवं लुम्बिनी वाणिज्य क्याम्पसका शिक्षण सहायक सन्दिप पौडेलले जानकारी दिनुभयो ।
श्रावण १३ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा ट्यालेन्ट हन्ट २०७९ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
बिबिएस कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले क्याम्पसले आयोजना गरेको कार्यक्रममा बिबिएस कार्यक्रममा अध्ययनरत २२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। जसमा सुजाता परियार र मनिसा महत प्रथम, पुनम कुवर दोस्रो, सुमन चापागाईं तेस्रो भएका छन भने अतिरिक्त ट्यालेन्ट अवार्ड सन्देश भट्टराईले पाएका छन।
सह प्रा. माधव नेपालको अध्यक्षता, क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता, सहायक क्याम्पस प्रमुख सह प्रा. विष्णु जोशीको विशिष्ट आतिथ्यता, तथा उप प्रा. धन बहादुर पुनको सञ्चालन रहेको कार्यक्रममा सह प्रा. राजेन्द्र लम्साल, सह प्रा. गोपाल प्रसाद पाण्डे, उप प्रा. माया आचार्यले निर्णायकको भुमिका निभाउनुभएको थियो।
श्रावण १३ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्टक मार्केटको टेक्निकल एनालाइसिस सम्बन्धि तालिम सम्पन्न भएको छ। क्याम्पसको एमविएस फाइनान्स दोस्रो सत्रमा अध्ययनरत विद्यार्थीहरुका लागि आयोजना गरिएको तालिम ३ दिनसम्म चलेको थियो भने तालिममा शिक्षण सहायक सन्दिप पौडेलले स्टक मार्केटको टेक्निकल एनालाइसिस र सिस्टमेटिक इन्भेस्टमेन्ट प्लानका बारेमा सहजीकरण गर्नुभएको थियो ।
श्रावण ९, बुुटवल । लुम्बिनी वाणिज्य क्याम्पसमा ३५ दिने प्रोफेसनल एकाउन्टिङ एण्ड ट्याक्सेसन ट्रेनिङ सुरु भएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पसको आयोजना तथा लुम्बिनी स्किल एण्ड डेभलपमेण्ट कलेजको सहकार्यमा मंगलबारबाट उक्त तालिम सुरु भएको हो ।
तालिम उद्घाटन सत्रको अध्यक्षता समेत गर्नुभएका सहायक क्याम्पस प्रमुख सह प्राध्यापक विष्णु जोशीले कार्यक्रममा बोल्दै क्याम्पसले विद्यार्थीहरुको चौतर्फी विकासका लागि नियमित अध्ययनका साथसाथै अतिरिक्त तालिमहरु सञ्चालन गर्दै आएको बताउनुभयो साथै विद्यार्थीहरुले यस तालिमबाट धेरै भन्दा धेरै लाभ लिने विश्वास समेत व्यक्त गर्नुभयो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि एवं क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले क्याम्पसले नियमित गतिविधि अन्र्तगत बजारको आवश्यकता अनुसार विभिन्न प्रकारका तालिमहरु सञ्चालन गर्दै आएको बताउनुभयो । साथै उहाँले तालिमले विद्यार्थीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने हुदाँ तालिममा दिन खोजिएका विषयवस्तुहरु विद्यार्थीहरुले उत्साहका साथ ग्रहण गर्नुपर्ने बताउनुभयो ।
तालिमका मुख्य प्रशिक्षक एवं लुम्बिनी स्किल एण्ड डेभलपमेण्ट कलेजका सिइओ अमृत पौडेलले तालिममा सैद्धान्तिक भन्दापनि व्यवहारिक ज्ञान प्रदान गरिने र तालिमपश्चात विद्यार्थीहरु मेनुअल एकाउन्टिङ, कम्प्युटराइज्ड एकाउन्टिङ, लेखासंग सम्बन्धित विभिन्न सिप तथा ज्ञान, करसंग सम्बन्धित विभिन्न समस्या समाधानमा निपुर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
तालिमका प्रशिक्षक सिए महेश घिमिरेले लुम्बिनी वाणिज्य क्याम्पस सामुदायिक क्याम्पस भएर पनि यस प्रकारका तालिम निरन्तर प्रदान गरिरहेको देख्न र सुन्न पाउदा खुशि लाग्ने गरेको बताउदै यस ३५ दिने तालिमबाट विद्यार्थीहरुले लेखा र कर सम्बन्धी धेरै भन्दा धेरै व्यवहारीक ज्ञान प्राप्त गर्न सक्ने बताउनुभयो ।
विविएस कार्यक्रममा अध्ययनरत ७० जना विद्यार्थीहरु सहभागि हुने उक्त तालिममा ३५ जना विद्यार्थीहरु बिहानी सत्रमा र ३५ जना विद्यार्थीहरु सन्ध्याकालिन सत्रमा सहभागि हुनेछन् भने तालिमको उद्घाटन सत्रको कार्यक्रम सञ्चालन आईक्यूएसी संयोजक पुनाराम घिमिरेले गर्नुभएको थियो ।
श्रावण ६ । लुम्बिनी वाणिज्य क्याम्पसमा ट्यालेन्ट शो २०७९ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। क्याम्पसको विविएम अप्लाइड कार्यक्रम अन्तर्गत रहेको साहित्यिक समूहले उक्त कार्यक्रम आयोजना गरेको हो ।
विद्यार्थी दिपा अर्यालको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अतिथि विविएम कार्यक्रम इन्चार्ज उपप्राध्यापक मधुकर शर्मा रहनुभएको थियो । विविएम र विएमएस कार्यक्रममा अध्ययनरत १२ जना विद्यार्थीहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेको कार्यक्रममा विएमएस तेस्रो सेमेस्टरकी प्रकृति गौतम प्रथम, विएमएस तेस्रो सेमेस्टरकी बन्धना पन्थी दोस्रो तथा विविएम तेस्रो सेमेस्टरका सबिन चौधरी र विएमएस तेस्रो सेमेस्टरकी मन्जु न्यौपानेले तेस्रो स्थान हासिल गर्नुभएको थियो।
विद्यार्थी गणेश पाण्डेको संचालन र विद्यार्थी आयुष सुवेदीको स्वागत मन्तव्य रहेको कार्यक्रममा सह प्राध्यापक गोपाल प्रसाद पाण्डे र उपप्राध्यापक सुरज आचार्यले निर्णायकको भुमिका निभाउनुभएको थियो।
आषाढ, ३२ बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।२०७८ सालमा बिबिएम आठौं सेमेस्टर तथा बिबिएस चौथो बर्षको परीक्षा दिई नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच क्याम्पसले सम्मान गरेको हो ।
सहायक क्याम्पस प्रमुख सह प्रा. विष्णु जोशीको अध्यक्षता, क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायको प्रमुख आतिथ्यता, एमविए डाइरेक्टर उपप्राध्यापक माया आचार्यको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन बिबिएम कार्यक्रम इन्चार्ज उपप्राध्यापक मधुकर शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं क्याम्पस प्रमुख प्रा.डा. उपाध्यायले विद्यार्थीहरुले समय सापेक्ष, बजार सुहाउँदो, व्यवहारिक ज्ञान अध्ययन गर्न पाउनुपर्ने बताउनुभयो । विश्वविद्यालयले दशकौ पुराना पाठ्यक्रम अहिले पनि जस्ताको तस्तै अध्यापन गराउदा प्रतिस्पर्धाको समयमा विद्यार्थीहरुको भविष्य कस्तो हुने हो भन्ने विषयले आफुलाई चिन्ता हुने गरेको बताउदै उहाँले आजको समयमा विद्यार्थी स्वयं सचेत भई व्यवहारिक ज्ञान प्राप्तिका लागि अगाडि बढ्न समेत आग्रह गर्नुभयो ।कार्यक्रममा सहायक क्याम्पस प्रमुख सह प्रा. विष्णु जोशी, पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल इकाई समिति अध्यक्ष द्वारिका प्रसाद गौतम, कर्मचारी संघ इकाई समिति अध्यक्ष राधा पन्थ लगायतले आआफ्नो भनाइ राख्दै विद्यार्थीहरुलाई समुज्ज्वल भविष्यको कामना समेत गर्नुभयो ।
सम्मानित भएका विद्यार्थीहरुको तर्फबाट बोल्दै विद्यार्थीहरु बाबुराम शाही, माया पछाई, पुनम थापा छेत्री, दिलिप पाण्डे, सुशील आचार्य लगायतले लुम्बिनी वाणिज्य क्याम्पससंग जोडिएका चार वर्ष आफुहरुका लागि निकै महत्वपुर्ण वर्षहरु भएको बताउदै सम्मान कार्यक्रम आयोजना गरकोमा क्याम्पस प्रति धन्यवाद समेत ज्ञापन गर्नुुभएको थियो ।
२०० बढी विद्यार्थीहरुको सहभागीता रहेको कार्यक्रममा अनुसन्धान तथा विकास विभाग प्रमुख सह प्रा. राजेन्द्र लम्सालले मोटिभेसनल सेसन समेत चलाउनुभएको थियो भने कार्यक्रममा सम्मानित हुनेहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
आषाढ ३१ बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। क्लिन एलवीसी ग्रीन एलवीसी अभियान अन्तर्गत वातावरण तथा सामाजिक प्रणाली मुल्यांकन उपसमितिको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो।
निमित्त क्याम्पस प्रमुख सह प्रा. विष्णु जोशीको अध्यक्षता, नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कपुर, जामुन, तेजपत्ता,धुपी, पारिजात,अमला जस्ता १५० बढी विरुवा रोपिएको उपसमिति संयोजक सुपुष्प भट्टराईले जानकारी दिनुभयो । सोही अवसरमा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुद्वारा क्याम्पस परिसरमा सरससफाई समेत गरिएको थियो।
आषाढ २७ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
क्याम्पसमा संचालित विभिन्न कार्यक्रम तथा तहहरुमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुसंग चरणबद्ध रुपमा भेला तथा अन्तरक्रिया गर्ने क्याम्पसको नियमित कार्यक्रम अन्तर्गत दोस्रो चरणमा सेमेस्टर प्रणालीमा आधारित बि.बि.एम.-अप्लाइड कार्यक्रमको तेस्रो सत्रमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको भेला आयोजना गरिएको हो । शिक्षक अभिभावक संघ लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष लोकराज शर्माको अध्यक्षता, सचिव डिल्लीराज गौतमको स्वागत मन्तव्य, बि.बि.एम. कार्यक्रम इन्चार्ज मधुकर शर्माको संचालन रहेको भेलामा क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो।
४० बढी अभिभावकहरुको सहभागिता रहेको भेलामा अभिभावक यम बहादुर राना मगर, मैना सुवेदी, जीवन कुमारी बेलबासे लगायतले बोल्दै क्याम्पसले संचालन गरेको गतिविधि संतोषजनक रहेको, तालीम तथा अतिरिक्त क्रियाकलाप थप गर्नुपर्ने, स्वरोजगारका लागि थप व्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने लगायतको सुझाव दिनुभएको कार्यक्रम इन्चार्ज शर्माले जानकारी दिनुभयो।
भेलामा उठेका जिज्ञासा तथा प्रश्नहरु बारे प्रकाश पार्दै क्याम्पस प्रमुख प्राध्यापक डा. तारा प्रसाद उपाध्यायले क्याम्पस प्रशासनले विद्यार्थीको सिकाईको चाहना, अभिभावकको रचनात्मक सुझावको अपेक्षा सधै गर्ने बताउनुभयो साथै उहाले क्याम्पसले शैक्षिक उन्नयनका लागि यसप्रकारको अन्तरक्रिया कार्यक्रम नियमित गर्ने गरेको बताउदै क्याम्पसको थप शैक्षिक तथा भौतिक विकासका लागि आएका सुझावहरु कार्यान्वयन गरिने जानकारी समेत दिनुभयो ।
आषाढ २५ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा डिजिटल लाइब्रेरी तथा ह्युमन रिसोर्स डेभलपमेण्ट ल्यावको सुभारम्भ भएको छ । शनिवार एक कार्यक्रमका विच प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले उद्घाटन गर्नुभएको हो ।उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले लाइब्रेरी समय सापेक्ष परिवर्तन हुदै प्रविधिमैत्री बन्नुपर्ने र यसको प्रयोगले प्राध्यापक विद्यार्थी सबैलाई धेरै भन्दा धेरै लाभ हुने बताउनुभयो । फरक प्रसंङ्गमा बोल्दै प्रमुख अतिथि दाहालले लुम्बिनी वाणिज्य क्याम्पस व्यवस्थापन विषयको क्षेत्रमा उत्कृष्ट भएको कुरामा दुई मत नभएको र मानित विश्वविद्यालय भएपछि यसको उत्कृष्टता अझै थपिने विश्वास व्यक्त गर्दै जति सक्दो चाडै मानित विश्वविद्यालय बनाउने कुरामा समेत उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं परिषद् पदेन सदस्य समेत रहनुभएका जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चँपाईले रुपन्देहीको मात्र नभएर सिंङ्गो राष्ट्रकै गौरवको रुपमा रहेको यस क्याम्पसले उपत्यका बाहिर पहिलोपटक नयाँ नयाँ गतिविधि सञ्चालन गर्नु असाध्यै सुखद पक्ष रहेको बताउनुभयो ।
विशिष्ट अतिथि एवं सञ्चालक समितिका पदेन सदस्य समेत रहनुभएका बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले लुम्बिनी वाणिज्य क्याम्पस विभिन्न निकाय, सामाजिक संघसंस्थाहरुको पहलमा स्थापना भएकोले क्याम्पसले स्थानीय आवश्यकताहरु बुझेर सोही अनुसार सबैसंग सहकार्य गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि एवं त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले लुम्बिनी वाणिज्य क्याम्पसले देखेको सपना छिटै साकार बनाउन यहाँको टिम अझै कसिनुपर्ने बेला आएको बताउदै क्याम्पस समय सापेक्ष परिवर्तन हुदै अगाडी बढेकोमा खुशि व्यक्त गर्नुभयो ।
क्याम्पस संचालक समितिका अध्यक्ष मोतिलाल पाण्डेले अध्यक्षको वार्षिक प्रतिवदेन तथा भावि योजनाहरु प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको स्वागत मन्तव्य, क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायको सञ्चालन रहेको कार्यक्रममा निर्वतमान अध्यक्ष श्री राजेन्द्र प्रसाद वझा, पुर्व अध्यक्ष अर्जुनमान सैंजु, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू लगायतले आआफ्नो भनाई राख्नुभएको थियो । डिजिटल लाइब्रेरी मार्फत ई–बुक्स, थेसिस, अनुसन्धानमुलक लेख, जर्नल, अडियो–भिडियो सामाग्री तथा लेखहरु पनि घरमै बसेर पढ्न सकिने छ । भौतिक रुपमा पुस्तकालयमा पुगेर अध्ययन गर्न सम्भव नभएको अवस्थामा यो एकदम उपयुक्त माध्यम रहने बताइएको छ ।
त्यस्तै शनिवार नै क्याम्पसको क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को बाह्रौ सभा सम्पन्न भएको छ । उक्त सभाले परिषद् अध्यक्ष मोतिलाल पाण्डेले प्रस्तुत गर्नुभएको अध्यक्षको वार्षिक प्रतिवदेन, परिषद् सदस्य एवं आन्तरिक लेखा परिक्षण समितिका संयोजक प्राध्यापक कृष्ण गौतमले प्रस्तुत गर्नुभएको ०७७÷०७८ को लेखा परीक्षण प्रतिवेदन, क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले पेश गर्नुभएको आ.व ०७९÷०८० को लागि अनुमानित बजेट समेत अनुमोदन गरेको छ भने आन्तरिक पदपूर्ति तथा लेखा परीक्षक नियुक्ति सम्बन्धी निर्णय समेत गरेको छ ।
आषाढ १८ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।क्याम्पसमा संचालित विभिन्न कार्यक्रम तथा तहहरुमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुसंग चरणबद्ध रुपमा भेला तथा अन्तरक्रिया गर्ने क्याम्पसको नियमित कार्यक्रम अन्तर्गत पहिलो चरणमा सेमेस्टर प्रणालीमा आधारित बि.बि.ए. एफ.ए. कार्यक्रमको पाचौं सत्रमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको भेला आयोजना गरिएको हो।
भेलाको अध्यक्षता समेत गर्नुभएका शिक्षक अभिभावक संघ लुम्बिनी वाणिज्य क्याम्पसका अध्यक्ष लोकराज शर्माले क्याम्पसको शैक्षिक उन्नयनका लागि यसप्रकारको अन्तरक्रिया कार्यक्रम अत्यावश्यक रहेको बताउदै अभिभावकले पनि समय समयमा क्याम्पस प्रशासनलाई रचनात्मक सुझाव प्रदान गर्नुपर्ने बताउनुभयो।यस्तै अभिभावक विष्णु प्रसाद न्यौपानेले शैक्षिक क्षेत्र शान्ति क्षेत्र भएकाले यसलाई सोही अनुसार लैजान र विद्यार्थी का लागि गरिने अनुसन्धानमुलक कार्यक्रमहरु थप गर्न पनि सुझाव दिनुभयो। अभिभावक कल्पना तिवारीले यस प्रकारको भेला नियमित गर्नुपर्ने बताउदै क्याम्पसले विद्यार्थीका लागि गर्ने गतिविधि, विद्यार्थीको पठनपाठन संतोषजनक रहेको बताउनुभयो ।अभिभावक नेत्र प्रसाद बेलबासेले आजका विद्यार्थीहरु विद्युतीय यन्त्रमा अधिक रमाउने भएकाले यसको मनोवैज्ञानिक रूपमा पर्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा समय समयमा विज्ञमार्फत कक्षाहरु संचालन गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो। गुल्मीबाट भेलामा सहभागी हुन आउनुभएका अभिभावक कृष्ण प्रसाद ढकालले टाढाका अभिभावकहरुलाई यस प्रकारको कार्यक्रममा सहभागी हुन कठिन हुने भएकाले पनि समय समयमा क्याम्पसले अभिभावक सङ्ग वैकल्पिक माध्यमबाट छलफल चलाउनुपर्ने बताउनुभयो।
भेलामा उठेका जिज्ञासा तथा प्रश्नहरु बारे प्रकाश पार्दै क्याम्पस प्रमुख प्राध्यापक डा. तारा प्रसाद उपाध्यायले क्याम्पस प्रशासनले विद्यार्थीको सिकाईको चाहना, अभिभावकको रचनात्मक सुझावको अपेक्षा सधै गर्ने बताउनुभयो।साथै उहाले क्याम्पसको थप शैक्षिक तथा भौतिक विकासका लागि आएका सुझावहरु कार्यान्वयन गर्न वातावरण मिलाउने बताउदै विद्यार्थीको अध्ययन गर्ने शैली समय सङ्गै परिवर्तन भएकोले अभिभावकहरुले पनि विद्यार्थीहरुलाई प्रबिधिको प्रयोग गर्ने वातावरण मिलाउनुपर्ने बताउनुभयो। भेलामा बोल्दै बिबिए कार्यक्रम इन्चार्ज द्वारिका प्रसाद गौतमले बिबिएका विद्यार्थीहरुलाई अध्ययनमा मात्र केन्द्रित नगराई चौतर्फी विकासका लागि शैक्षिक तथा खोजमुलक अनुसन्धान, आउटस्टेसन कार्यक्रम, अतिरिक्त क्रियाकलाप, विभिन्न प्रकारका तालिममा पनि जोड दिने गरिएको बताउनुभयो भेलाको संचालन काउन्सिलिङ एन्ड प्लेसमेन्ट सेल संयोजक एवं शिक्षक अभिभावक संघका सचिव उपप्राध्यापक डिल्लिराज गौतमले गर्नुभएको थियो।
आषाढ १४ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा “पुस्तकालय संजाल र विद्युतीय स्रोतहरुको विकास" विषयक अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ।
लुम्बिनी वाणिज्य क्याम्पस पुस्तकालय व्यवस्थापन तथा विकास सेलको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक डा. मोहन राज प्रधान श्रोत व्यक्तिको रूपमा रहनुभएको थियो ।
लुम्बिनी वाणिज्य क्याम्पस पुस्तकालय व्यवस्थापन तथा विकास सेलका प्रमुख उपप्राध्यापक महेश प्रसाद चौधरीको अध्यक्षता, आई.क्यू.ए.सी. प्रमुख पुनाराम घिमिरेको संचालन रहेको कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले सहभागीहरुलाई स्वागत गर्दै अन्तरक्रिया कार्यक्रमको उद्देश्य तथा औचित्यतामाथि प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा रुपन्देही जिल्लाका विभिन्न आङ्गिक, सामुदायिक तथा निजी क्याम्पसका क्याम्पस प्रमुखहरु, सहायक क्याम्पस प्रमुखहरु, पुस्तकालय प्रमुखहरु तथा प्राबिधिकहरु गरि २५ जना बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा श्रोत व्यक्ति प्रा.डा. प्रधानले विद्युतीय पुस्तकालयको आवश्यकता, पुस्तकालयमा हुनुपर्ने समय सापेक्ष परिवर्तन, उपलब्ध स्रोत र साधनलाई केन्द्रीकृत गरि उच्चतम प्रयोग गर्ने बिधि लगायतको बारेमा सहजीकरण गर्नुभएको थियो।
ज्येष्ठ १७ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा स्वागत कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
विएमएस तेश्रो सेमेष्टरका विद्यार्थीहरुको आयोजनामा विएमएस प्रथम सेमेष्टरमा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतीलाल पाण्डेले हरेक क्षेत्रमा विद्यार्थीहरुको सक्रियता आजको आवश्यकता भएकाले विद्यार्थीहरु सोही अनुरुप अगाडि बढी क्याम्पसको नाम अझै उचाइमा पुर्याउनुपर्ने बताउनुभयो।
विशिष्ट अतिथि एवं क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले बदलिँदो समय अनुसार अध्यापनको शैली परिवर्तन हुँदै जाने भएकाले विद्यार्थीहरु आफ्नो अध्ययनप्रति चनाखो रहनुपर्ने बताउनुभयो साथै उहाँले विद्यार्थीहरुको अग्रसरतामा सम्पन्न हुने यसप्रकारको गतिविधिले आफुलाई गौरव महसुस हुने समेत बताउनुभयो । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं विएमएस कार्यक्रम इन्चार्ज उपप्राध्यापक लक्ष्मण प्रसाद भण्डारीले शुभकामना मन्तव्य राख्दै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुभयो ।
विएमएस तेश्रो सेमेष्टरका विशाल आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रममा नवआगन्तुक विद्यार्थी विएमएस प्रथम सेमेष्टरकि विवेचना भट्टराईले नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पसमा व्यवहारिक र समय सापेक्ष कोर्स अध्ययन गर्न पाउनु आफ्ना लागि सुनौलो अवसर रहेको बताउनुभएको थियो ।
विएमएस तेश्रो सेमेष्टरकी विद्यार्थी सुस्मा पोख्रेलको सभापतित्वमा भएको स्वागत कार्यक्रमको सञ्चालन विद्यार्थी राजन अर्याल र वर्षा आचार्यले गर्नुभएको थियो । कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको स्वागत कार्यक्रम संयोजक दीपक पाण्डेले जानकारी दिनुभयो ।
ज्येष्ठ १७ । बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित मेयर खेलराज पाण्डेय र वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीलाई लुम्बिनी वाणिज्य क्याम्पस बुटवलले स्वागत गरेको छ । मंगलबार क्याम्पसमा आयोजित एक कार्यक्रमका बिच सञ्चालक समितिका पदेन सदस्य समेत रहनुभएका नवनिर्वाचित मेयर पाण्डेय र वडाध्यक्ष क्षेत्रीलाइ क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतीलाल पाण्डे, निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद वझा, उपाध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, संस्थापक क्याम्पस प्रमुख महेश्वर प्रसाद श्रेष्ठ लगायतले खादा तथा पुष्पगुच्छाले स्वागत गर्नुभएकोे हो ।
सदस्य सचिव प्रा.डा. तारा प्रसाद उपाध्यायको संचालन रहेको कार्यक्रममा अध्यक्ष पाण्डेयले नवनिर्वाचित जनप्रतिनिधिहरुसँग क्याम्पसले ठुलो आशा र अपेक्षा राखेको बताउदै क्याम्पस मानित विश्वविद्यालयमा रुपान्तरण हुने प्रक्रियामा समेत बुटवल उपमहानगरपालिकाको महत्वपुर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुुभयो । बधाई ग्रहण गर्दै मेयर पाण्डेय तथा वडाध्यक्ष क्षेत्रीले क्याम्पसको विकास र समृद्धीमा आफ्नो आफ्नो स्थानबाट कटिबद्ध भएर लाग्ने उद्धघोष गर्नुभयो ।