बुटवल,असार २८ ।

 

लुम्बिनी बाणिज्य क्याम्पसले यसक्षेत्रको शैक्षिक सुधारका लागि बुटवलमा कार्यशाला गरेको छ । समय सापेक्ष शैक्षिक गुणस्तर र प्रतिप्रधात्मक ,शिक्षण सिकाइलाइ समेत प्रभावकारि बनाउन तिन जिल्लाका सामुदायिक विद्यालयका नेतृत्वकर्तालाइ कार्यशाला प्रदान गरिएको हो । स्मार्ट लिडरसीप फर सस्टनेवल एकाडेमिया कार्यशालामा काठमाडौं विश्वविद्यालयका प्राडा धनपति सुवेदीले सहजीकरण गर्नुभयो ।

उहाले शिक्षकको नेतृत्व क्षमता पहिचान र कार्यान्वयनका लागि जागरूक र अनुसन्धानात्मक हुनुपर्ने बताउनुभयो । सो अवसरमा क्याम्पसका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ,क्याम्पस प्रमुख प्रा डा ताराप्रसाद उपाध्याय,स्रोत ब्याक्ति तथा उपप्राध्यापक मुकुन्द ज्ञवाली लगायतले बोलेका थिए ।

कार्यशालामा रूपन्देही,पाल्पा र कपिलबस्तुका सामुदायिक बिद्यालयका प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक गरि ३५ जना सहभागि थिए ।