ज्येष्ठ १० । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
लुम्बिनी वाणिज्य क्याम्पसमा कार्यरत कर्मचारीहरुको लागि भूतपूर्व विद्यार्थी समाज, लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा तालिम भएको हो।

उद्घाटन सत्रमा समाजका उपाध्यक्ष लालहरि पाण्डेको अध्यक्षता,
क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता, सहायक क्याम्पस प्रमुख उप-प्राध्यापक महेश प्रसाद चौधरी कुर्मीको विशिष्ट आतिथ्यता, संस्थापक अध्यक्ष सह-प्राध्यापक गोपाल प्रसाद पाण्डे, श्रोत व्यक्तिहरु सह-प्राध्यापक  राजेन्द्र लम्साल, मुकुन्द ज्ञवाली, स्याट संयोजक पुनाराम घिमिरेको आतिथ्यता, कार्यक्रम संयोजक पुष्कर भुसालको स्वागत मन्तव्य एवं सचिव नरेश कुमार श्रेष्ठ र सहसचिव विष्णु कुवरको संचालन रहेको थियो।

तालिममा श्रोत व्यक्तिहरु सह-प्राध्यापक  राजेन्द्र लम्साल र मुकुन्द ज्ञवालीले संस्थाले कार्य वातावरण कसरी निर्माण गरिदिनुपर्छ ? समयानुसार कर्मचारीले कसरी प्रभावकारी रूपमा कार्य सम्पादन गर्नुपर्छ? सेवा प्रवाह कस्तो हुनुपर्छ ? लगायतका बारेमा सहजीकरण गर्नुभएको थियो।

तालिमको समापन सत्रमा बोल्दै प्रमुख अतिथि एवं क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले तालिमले मात्र कुनै व्यक्तिमा एकाएक परिवर्तन नआउने बताउदै परिवर्तन हुने कि नहुने आफ्नै हातमा रहेको बताउनुभयो । सेवा प्रवाहमा प्रभावकारीता ल्याउन सिपसङ्ग सम्बन्धित तथा उत्प्रेरणात्मक तालिमहरु क्याम्पसले निरन्तर प्रदान गर्ने समेत उहाँले बताउनुभयो । तालिममा सहभागीको तर्फबाट बोल्दै सहायक प्रशासक राधा पन्थ र मुख्य सहयोगी रतन गरिले तालिमले आफुहरुमा सकारात्मक उर्जा प्रदान गरेको र  पुनरताजकि पनि गराएको बताउनुभयो ।