वैशाख ३ । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा सेवा निवृत्त हुनुभएका कर्मचारीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ।
क्याम्पसको आयोजनामा सेवा निवृत्त हुनुभएका कर्मचारीहरुलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो।क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायको अध्यक्षता  रहेको कार्यक्रमको संचालन बिबिएस तथा एमविएस कार्यक्रम इन्चार्ज उपप्राध्यापक डिल्ली राज गौतमले गर्नुभएको थियो ।कार्यक्रममा निवृत्त हुनुभएका कर्मचारीद्वय श्री केश बहादुर थापा र श्री भीम बहादुर क्षेत्रीलाई सम्मान गरिएको थियो भने कार्यक्रममा सम्मानित हुनुभएका कर्मचारीद्वय थापा र क्षेत्रीले आआफ्नो अनुभव पनि राख्नुभएको थियो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख प्रा. डा. उपाध्यायले निवृत्त हुनुभएका कर्मचारीहरुलाई आफ्नो जीवनको लामो समय यस क्याम्पसमा व्यतीत गर्नुभएको र त्यो योगदानको जति नै प्रसंशा वा सम्मान गरेपनि कम नै हुने बताउनुभयो ।