आश्विन १३ । बुटवल देवीनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसमा प्रश्नपत्र निर्माण सम्बन्धी एक दिने कार्यशाला गोष्ठी आइतबार सम्पन्न भएको छ ।
लुम्बिनी वाणिज्य क्याम्पस, स्वायत्त परीक्षा संचालक समितिको आयोजनामा भएको गोष्ठीमा त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट एम.फिल. कार्यक्रमका पूर्व निर्देशक प्रा.डा. माधवराज कोइराला श्रोत व्यक्तिको रूपमा रहनुभएको थियो ।

स्वायत्त परीक्षा संचालक समिति अध्यक्ष एवं लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षता,
लुम्बिनी वाणिज्य क्याम्पस, स्याट संयोजक पुनाराम घिमिरेको संचालन रहेको गोष्ठीमा प्रा.डा. उपाध्यायले गोष्ठीको उद्देश्य र औचित्यतामाथि प्रष्ट पार्दै प्रश्नपत्र सम्बन्धी अनुभवहरु सुनाउनुभएको थियो ।
लुम्बिनी वाणिज्य क्याम्पसमा प्राध्यापनरत ४१ जना प्राध्यापकहरुको सहभागिता रहेको गोष्ठीमा श्रोत व्यक्ति प्रा.डा. कोइरालाले प्रश्नपत्र निर्माणका विधि, प्रक्रियाको बारेमा प्रशिक्षण दिदै प्राध्यापकहरु प्रश्नपत्र निर्माणमा सूक्ष्म तरिकाले लाग्नुपर्ने र गुणस्तरीयतामा ख्याल गर्नुपर्ने बताउनुभयो।