फाल्गुन ६ । बुटवल ११ देविनगर स्थित लुम्बिनी वाणिज्य क्याम्पसको ४३ औ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रम आयोजना गरी शनिबार सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतीलाल पाण्डेको अध्यक्षता रहेको उक्त समारोहमा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकूलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
मूल समारोहमा बोल्दै प्रमुख अतिथि बज्राचार्यले क्याम्पसले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै दोश्रोपटक पनि लुम्बिनी वाणिज्य क्याम्पस नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस घोषणा हुनु यस क्षेत्रकै गौरवको विषय रहेको बताउनुभयो । उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी वाणिज्य क्याम्पसबिच विभिन्न गतिविधिमा थप सहकार्य रहने बताउनुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतिलाल पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चँपाई, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, अतिथिहरु क्याम्पस सञ्चालक समिति पुर्व अध्यक्ष अर्जुनमान सैंजु, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, नेकपा एमाले नगर अध्यक्ष किसन ज्ञवाली, नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसी, राष्ट्रिय स्वतन्त्र पार्टिका नगर संयोजक राजन पाण्डे, राष्ट्रिय जनमोर्चा पार्टीका नगर अध्यक्ष पदम श्रेष्ठ, कर्मचारी संघ लुम्बिनी वाणिज्य क्याम्पस अध्यक्ष पुष्कर भुसाल, स्ववियु अध्यक्ष विजय कार्की, विद्यार्थी नेताहरु समिर आचार्य, रेशम के.सी., माधव बस्याल, पुष्कर पोख्रेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको समारोहमा विभिन्न क्षेत्रमा रोजगार÷स्वरोजगार भएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । साथै विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ती र साताव्यापी रुपमा सञ्चालन भएका अतिरिक्त क्रियाकलापहरुका विजयीहरुलाई प्रमाण पत्र, मेडल तथा शिल्डले पुरस्कृत गरिएको थियोे । सो अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए । मूल समारोह संयोजक सहप्राध्यापक विष्णु जोशीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन उपप्राध्यापक लक्ष्मण प्रसाद भण्डारीले गर्नुभएको थियो ।