• Apply Now
अन्तर्वार्ता मिति परिवर्तन सम्बन्धी सूचना MBA-BF तेस्रो सत्र नियमित तथा आंशिक परिक्षाको परिक्षा तालिका - २०२६ MBA-BF दोस्रोसत्र नियमित तथा आंशिक परिक्षाको परिक्षा तालिका - २०२६ MBA-BF प्रथमसत्र नियमित तथा आंशिक परिक्षाको परिक्षा तालिका - २०२६ MBS-F दोस्रोसत्र नियमित तथा आंशिक परिक्षाको परिक्षा तालिका - २०२६ बि.बि.एस. प्रथम वर्ष आंशिक र मौका परीक्षा दिने परीक्षार्थीहरुका लागी परीक्षा आवेदन फाराम भर्ने सूचना प्रतिवेदन बुझाउने सम्बन्धी सूचना एम.वि.एस. दोस्रोसत्र नियमित परीक्षा २०२६ को परीक्षा फारम भर्ने सूचना Rescheduled Mid Term Examination Notice अन्तर्वार्ता सम्बन्धी सूचना Notice Regarding BBM-A 6th Semester Regular and Make-up Examination Result Notice Regarding BBA-FA 6th Semester Regular and Make-up Examination Result Notice Regarding BMS 6th Semester Regular and Make-up Examination Result Notice Regarding Re-totaling of BMS 4th Semester वि.वि.एस. तेश्रो वर्ष आंशिक तर्फका परीक्षा दिने परीक्षार्थीहरुका लागी परीक्षा आवेदन फाराम भर्ने सूचना एम.बि. ए - बि.एफ प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि आवेदन फारम भर्ने सम्बन्धि सूचना बि.बि.ए. एफ. ए प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिको लागि आवेदन फारम भर्ने सम्बन्धी जरुरी सूचना MBS and MBS-F छात्रवृत्ति छनोट सम्बन्धी सूचना MBA-BF (Fall) तेस्रोसत्र तथा प्रथमसत्र सत्रान्त परीक्षाको नियमित तथा आंशिक परीक्षा फारम भर्ने सम्बन्धी सूचना MBA-BF चौथोसत्र नियमित तथा आंशिक परीक्षाको परिक्षा तालिका - २०२६ MBS-F चौथोसत्र नियमित तथा आंशिक परीक्षाको परिक्षा तालिका - २०२६ BMS आठौँसत्र नियमित तथा आंशिक परीक्षाको परिक्षा तालिका - २०२६ BBM-A आठौँसत्र नियमित तथा आंशिक परीक्षाको परिक्षा तालिका - २०२६ BBA-FA आठौँसत्र नियमित तथा आंशिक परीक्षाको परिक्षा तालिका - २०२६ BBS 2nd Year Examination Schedule 2082 BMS AND BBM-A 8TH Semester Mid-Term Examination 2082 BBA-FA 8th Semester Pre-Viva Notice बी.बी.ए–एफ.ए(BBA-FA) आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूका लागि मध्यावधि (मिड–टर्म) परीक्षाको कार्यतालिका सम्बन्धी जरुरी सूचना। MBS-(Proposal Defense, Pre-Viva र Viva-Voce Examination)सम्बन्धी जरुरी सूचना। बि.बि.एस. दोश्रो बर्षको बार्षिक परीक्षा - २०८२ सम्बन्धी जरुरी सूचना त्रि.वि. नाम दर्ता (Registration) फारम भर्ने म्याद थप सम्बन्धी सूचना BBA-FA कार्यक्रमको चौथोसत्र नियमित तथा आंशिक परीक्षा - २०२५ को परीक्षाफल प्रकाशित BBM-A कार्यक्रमको चौथोसत्र नियमित तथा आंशिक परीक्षा - २०२५ को परीक्षाफल प्रकाशित BMS कार्यक्रमको चौथोसत्र नियमित तथा आंशिक परीक्षा - २०२५ को परीक्षाफल प्रकाशित छात्रवृत्तिका लागि अन्तर्वार्ता सम्बन्धी जरुरी सूचना। MBS-F चौथोसत्र तथा दोस्रोसत्र सत्रान्त परिक्षाको नियमित तथा आंशिक परीक्षा फारम भर्ने सम्बन्धी सूचना MBA-BF चौथोसत्र तथा दोस्रोसत्र सत्रान्त परिक्षाको नियमित तथा आंशिक परीक्षा फारम भर्ने सम्बन्धी सूचना BBA-FA आठौँसत्र सत्रान्त परिक्षाको नियमित तथा आंशिक परीक्षा फारम भर्ने सम्बन्धी सूचना BMS आठौँसत्र सत्रान्त परिक्षाको नियमित तथा आंशिक परीक्षा फारम भर्ने सम्बन्धी सूचना BBM-A आठौँसत्र सत्रान्त परिक्षाको नियमित तथा आंशिक परीक्षा फारम भर्ने सम्बन्धी सूचना मङ्सिर १ गतेदेखि क्याम्पस सञ्चालन हुने समय अपडेट गरिएको सम्बन्धी जरूरी सूचना। Notice Regarding MBS-F 4th Semester Proposal Defense - 2082 Notice Regarding MBS Thesis 2082 LBC BUSINESS INCUBATION PROGRAM 2025 बि.बि.एस. दोश्रो बर्षको स्थगित भएको आंशिक तथा मौका परीक्षा - २०८२ सम्बन्धी जरुरी सूचना Notice Regarding B.B.M 2ND AND 7TH SEMESTER EXAM ROUTINE 2082 Notice Regarding M.B.S SPECIAL CHANCE EXAM ROUTINE 2082 Bachelor of Management Studies (BMS) Second Semester Regular and Makeup Examination Result -2025 Bachelor of Business Management- Applied (BBM-A) Second Semester Regular and Makeup Examination Result -2025 Bachelor of Business Administration in Finance and Accounting (BBA-FA) Second Semester Regular and Makeup Examination Result-2025 BMS 7th Semester Retotaling Result Notice Regarding Revised Exam Schedule for BMS, BBM-A and BBA-FA 4th and 6th Semester प्रथम वर्षको प्रवेश परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
लुम्बिनी वाणिज्य क्याम्पसमा दुई दिने गुणस्तर अभिवृद्धि सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरु

मोहन पौडेल पौष १३, बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा दुई दिने गुणस्तर अभिवृद्धि सम्बन्धी अभिमुखिकरण कार्यक्रम  आइतबारदेखि सुरु भएको छ। 

लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशका ३० वटा उच्च शैक्षिक संस्थाका क्याम्पस प्रमुख र क्यूएए फोकल पर्सनहरुका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको हो।

प्रत्यायनकृत उच्च शैक्षिक संस्थाहरुलाई गुणस्तर अभिवृद्धि, वार्षिक प्रगति प्रतिवेदन, आन्तरिक गुणस्तर सुनिश्चितता सम्बन्धी म्यानुअल र स्वअध्ययन प्रतिवेदन सम्बन्धी व्यवस्थाहरुका बारेमा जानकारी दिने उद्देश्यले विश्वविद्यालय अनुदान आयोग, नेपाल गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को आयोजना एवं लुम्बिनी वाणिज्य क्याम्पसको व्यवस्थापनमा उक्त कार्यक्रम आयोजना गरिएको हो। 

कार्यक्रम उद्घाटन सत्रमा बोल्दै विश्वविद्यालय अनुदान आयोग, नेपालका सदस्य सचिव प्रा.डा. ज्ञान बहादुर थापाले नेपालमा उच्च शैक्षिक संस्थाहरुको गुणस्तर अभिवृद्धिका लागि आफु कटिबद्ध भएर लागिरहेको बताउनुभयो । वैदेशिक अध्ययनका लागि विद्यार्थीहरु बाहिरिने कारणले नेपालका उच्च शैक्षिक संस्थाहरु धरासायी हुँदै गएकाले सोको न्यूनीकरणतर्फ आफू कार्ययोजना सहित अगाडि बढेको बताउनुभयो। 

यस्तै उद्घाटन सत्रको अध्यक्ष समेत रहनुभएका लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समिति अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठले विश्वविद्यालय अनुदान आयोग, नेपालले लुम्बिनी वाणिज्य क्याम्पसलाई यस कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी प्रदान गरेकोमा आभार प्रकट गर्नुभयो साथै श्रेष्ठले तेस्रो चरणको क्यूएए प्रमाणपत्र प्राप्त यस क्याम्पसको अवलोकन गरि आवश्यक सल्लाह सुझाव आदानप्रदान गर्न पनि सहभागीहरुलाई अनुरोध समेत गर्नुभयो। 

यस्तै लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले स्वागत मन्तव्य मार्फत सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै उच्च शैक्षिक संस्थाहरुले देशको समग्र शिक्षाको भार बहन गरेता पनि राज्यबाट आवश्यक नीति निर्माण नहुदा गुणस्तर प्राप्त क्याम्पसहरुले लक्ष्य अनुरुप कार्य गर्न नसकेको बताउनुभयो । 

विश्वविद्यालय अनुदान आयोग, नेपालको उपनिर्देशक भगवती पौडेलले पहिलो, दोस्रो र तेस्रो चरणको क्यूएए प्रमाणपत्र प्राप्त क्याम्पसहरु आफैमा विविधता रहेकाले दुई दिने अभिमुखिकरण कार्यक्रममा अनुभव आदानप्रदान गरि गुणस्तर अभिवृद्धिको लक्ष्यमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।

उद्घाटन सत्रको कार्यक्रम सञ्चालन लुम्बिनी वाणिज्य क्याम्पस क्यूएए फोकल पर्सन उपप्राध्यापक पुनाराम घिमिरेले गर्नुभएको थियो।

पहिलो दिनको पहिलो सत्रमा विश्वविद्यालय अनुदान आयोग, नेपालका सहायक निर्देशक नारायण प्रसाद भण्डारीले गुणस्तर प्रमाणपत्रको थप चक्रको लागि एसएसआर तयारी, बुझाइ, बेन्चमार्क र रिपोर्टिङका सूचकहरूको बारेमा र दोस्रो सत्रमा उपनिर्देशक भगवती पौडेलले गुणस्तर सुनिस्चितता तथा प्रत्यायन सम्बन्धी राष्ट्रिय आकाक्षां र विद्यमान नीति नियमहरुको बारेमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो भने तेस्रो सत्रमा तेस्रो चरणको क्यूएए प्रमाणपत्र प्राप्त गर्न सफल लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलका क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले अनुभवहरु तथा  सामाना गरेका चुनौतीहरु सहभागीमाझ सुनाउनुभएको थियो।

 

WhatsApp