भाद्र १० शुक्रबार, 'आयो फेरि घुम्दै फिर्दै नेपालीको चार्ड,जोगाउनलाई पहल हाम्ले गर्नै पर्छ आज' नाराका साथ लुम्बिनी बाणिज्य क्याम्पसमा Intra College Teej Geet Competition-2079 सम्पन्न भएको छ। बि.बि.एम कार्यक्रममा अध्ययनरत बिधार्थीहरुले नेपाली संस्कृतको जगेर्ना एबम प्रबर्द्धन गर्नका निमित्त नेपाली नारीहरुको महान चार्ड हरितालिका तिजको अवसरमा उक्त कार्यक्रम आयोजना गरेका हुन।

"Avenue Education Consultancy.Pvt.Ltd Butwal" मुख्य प्रायोजक रहेको उक्त कार्यक्रममा सुबिना सिंजालीको अध्यक्षता, क्याम्पस संचालक समितिका अध्यक्ष मोतीलाल पाण्डेको प्रमुख अतिथ्यता, क्याम्पस प्रमुख प्रा. डा तारा प्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुख विष्णु जोशी, बिबिएम कार्यक्रम संयोजक मधुकर शर्माको बिशिस्ट अतिथ्यता रहेको थियो । कार्यक्रममा गायक राजेश भण्डारी, गायक गोपाल खनाल र कर्मचारी ज्योति श्रेष्ठको निर्णायक भूमिका, विद्यार्थी वेद प्रसाद पाण्डेको संयोजकत्त्व, विद्यार्थी महेश आचार्य र प्रभा पाण्डेको संचालन रहेको थियो।

कार्यक्रममा Safal Uniform House, Sapana Saree Centre,Lumbini Bikash  Bank, Butwal Branch,The SR Hotel & Event Pvt.Ltd,Lumbini Skill Development College, Goes Education Consultancy, Nawa RK Suppliers, Suva Simran Party Palace,NMB Bank, Manigram Branch,Basuri Event Management, Bhairab Tours &Travels,Nisha Traders, Palpa Bhairav Photo & Videography, Niyalo Resturant & Cafe, Bageshwori Sangitalay लगायतका विभिन्न व्यावसायिक तथा अन्य  संघसंस्थाहरुले प्रायोजकको रुपमा रहेका थिए।
कार्यक्रममा ११ वटा समुहहरुको सहभागीता रहेको थियो। सम्पूर्ण समूहले समाजमा चलिआएका सत्य, तथ्य घटनालाइ सुमधुर र मौलिक रुपमा प्रस्तुत गरेका थिए। जस मध्ये वि.वि.एम सातौ सेमेष्टर गंगा गैरेको समुह प्रथम हुन सफल भएको थियो। त्यसैगरि प्रथम समुहलाइ पछ्याउँदै वि.वि.ए- एफ.ए कविता पौडेलको समुहले दोश्रो स्थान हासिल गरेको थियो, भने वि.एम.एस. कार्यक्रम प्रकृति गौतमको समूहले तेस्रो स्थान हासिल गर्न सफल भएको थियो। बिजेता समुहले पुरस्कार स्वरूप क्रमश नगद रु ७०००रु ५०००, रु ३००० साथमा प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेका थिए भने वि.वि.एस तेस्रो वर्षको समुह, वि.वि.एस.दोस्रो वर्षको समूह, बि.बि.ए- एफ.ए तेस्रो सेमेस्टरका सहभागीहरुले  क्रमश Best Singer, Best Dancer, Best Song Composer को उपाधी हात पार्न सफल भएका थिए ।