श्रावण ३, बुुटवल । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७८ सालमा सञ्चालित बि.बि.एस. दोश्रो बर्षको बार्षिक परीक्षामा बुटवल देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसकी छात्रा आयुष्मा रेश्मी मगर नेपाल प्रथम भएकी छन् ।
वाणगंगा २ कपिलबस्तु स्थायी घर भई लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत मगरले ८४.४० प्रतिशत सहित नेपाल प्रथम बनेकी हुन । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट लिइने स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षाहरुमा पटक–पटक बोर्ड प्रथम, वोर्ड द्धितीय, बोर्ड तृतीय र प्राय जसो दशौ स्थान प्राप्त गरिरहेको क्याम्पसले हालै प्रकाशित बि.बि.एम. सातौं सत्रको नतिजामा समेत शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ भने विश्वविद्यालय तृतीय स्थानमा समेत विद्यार्थी सिलम श्रेष्ठ पर्न सफल भएको क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो । 

Share