आषाढ २३ बुटवल देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को तेह्रौ सभा शनिबार सम्पन्न भएको छ ।
क्याम्पस व्यवस्थापन तथा विकास परिषद्का अध्यक्ष मोतीलाल पाण्डेको अध्यक्षता तथा क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायको संचालन रहेको सभामा जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष उमाकान्त चपाइँको प्रमुख आतिथ्यता रहेको थियो ।
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठको स्वागत मन्तव्य रहेको सभामा प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष उमाकान्त चपाइँ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजु, क्याम्पस संचालक समितिका पूर्व अध्यक्ष निर्मल प्रसाद लाकौल लगायतले बोल्नुभएको थियो ।
तेह्रौ सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष मोतिलाल पाण्डेले प्रस्तुत गर्नुभएको अध्यक्षको वार्षिक प्रतिवदेन, क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले प्रस्तुत गर्नुभएको आ.व. ०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन र आ.व ०८०÷०८१ को अनुमानित बजेट, आ.व. ०७९÷०८० का लागि लेखा परीक्षकको नियुक्ति लगायतका विषयमा छलफल गरि अनुमोदन समेत गरेको छ ।