असार २२ । लुम्बिनी वाणिज्य क्याम्पसको पुस्तकालय व्यवस्थापन सेल, लेखाशास्त्र विभाग, अतिरिक्त क्रियाकलाप विभाग तथा बित्तशास्त्र विभागको विभागीय प्रमुखहरुको पदस्थापन एक कार्यक्रमका बिच शुक्रबार सम्पन्न भएको छ । 

नवनियुक्त पुस्तकालय व्यवस्थापन सेल संयोजकमा सह प्रा. माधव प्रसाद नेपाल, लेखाशास्त्र विभागको विभागीय प्रमुखमा उप प्रा. विदुर ज्ञवाली, अतिरिक्त क्रियाकलाप विभाग संयोजकमा उप प्रा. नवराज खरेल,  बित्तशास्त्र विभागको विभागीय प्रमुखमा उप प्रा. नवराज भण्डारी रहनुभएको छ।

पदस्थापन कार्यक्रममा क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुख सह प्रा. विष्णु जोशी लगायतले नवनियुक्त विभागीय प्रमुखहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभएको थियो।