जेष्ठ ४ बुुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशीलता विकास सहयोग कार्यक्रम शुक्रबारबाट सुरु हुने भएको छ ।
विश्वविद्यालय अनुदान आयोग, नेपालको अनुदान सहयोगमा उक्त कार्यक्रम शुभारम्भ हुन लागेको क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो । यस कार्यक्रमबाट प्राज्ञिक तथा व्यवसायिक क्षेत्रका विज्ञमार्फत उद्यमी वन्न चाहने विद्यार्र्थीहरुले व्यवहारिकरुपमै व्यवसायिक ज्ञान प्राप्त गर्नुका साथै उनिहरुलाई आवश्यक पर्ने प्रारम्भिक पँुजि पनि प्रदान गरिने उपाध्यायले बताउनुभयो । उहाँले थप्नुभयो – ‘फरक सोचका साथ यस प्रकारको कार्यक्रम शुभारम्भ गरिएको र देश विकासलाई उद्यमशीलता विकास अपरिहार्य रहेकोले क्याम्पसले यसलाई प्राथमिकतामा राख्दै आएको छ ।’
उद्यमशीलता विकास सहयोग कार्यक्रमको शुक्रबार एक कार्यक्रमकाबिच नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य एवं बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले उद्घाटन गर्दै हुनुहुन्छ भने शुक्रबार नै उक्त कार्यक्रमको सम्बन्धमा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको काउन्सिलिङ एण्ड प्लेसमेण्ट सेल, लुम्बिनी वाणिज्य क्याम्पसका संयोजक डिल्लीराज गौतमले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रममा सय भन्दा बढि उद्यमशील बन्न चाहानेहरुको सहभागिता रहने छ ।