माघ २० । लुम्बिनी वाणिज्य क्याम्पसमा बिदाई कार्यक्रम शुक्रबार  सम्पन्न भएको छ ।
विविएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा विविएस चौथो वर्षको परीक्षा दिने विद्यार्थीहरुलाई बिदाई कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवं क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्याय, विशिष्ट अतिथि विविएस कार्यक्रम इन्चार्ज लक्ष्मण प्रसाद भण्डारी लगायतले बोल्नुभएको थियो भने कार्यक्रममा विदाइ भइ जाने विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो ।