बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा सेवा निवृत्त हुनुभएका प्राध्यापक तथा कर्मचारीलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ।

क्याम्पसको आयोजनामा सेवा निवृत्त हुनुभएका प्राध्यापक तथा कर्मचारीलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो।

सहायक क्याम्पस प्रमुख सह प्राध्यापक विष्णु जोशीको अध्यक्षता, क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन बिबिएस तथा बिएमएस कार्यक्रम इन्चार्ज उपप्राध्यापक लक्ष्मण भण्डारीले गर्नुभएको थियो भने कार्यक्रममा उप प्रशासक सविता शाक्यको स्वागत मन्तव्य, पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल इकाई समिति अध्यक्ष द्वारिका प्रसाद गौतम तथा कर्मचारी संघ इकाई समिति अध्यक्ष राधा पन्थले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा निवृत्त हुनुभएका सह प्राध्यापक यज्ञप्रसाद दिक्षित तथा सहायक प्रशासक कपिलदेव गौतमलाई सम्मान गरिएको थियो। कार्यक्रममा सम्मानित हुनुभएका प्राध्यापक तथा कर्मचारीहरुले आआफ्नो अनुभव पनि राख्नुभएको थियो भने

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं क्याम्पस प्रमुख प्रा. डा. उपाध्यायले निवृत्त हुनुभएका प्राध्यापक तथा कर्मचारीहरुले आफ्नो जीवनको लामो समय यस क्याम्पसमा व्यतीत गर्नुभएको र त्यो योगदानको जति नै प्रसंशा वा सम्मान गरेपनि कम नै हुने बताउदै आगामी दिनमा उहाँहरुले क्याम्पसका लागि देखेको सपना पुरा गर्न सिङ्गो क्याम्पस एक भएर लाग्ने बताउनुभयो ।