वैशाख २२ बुटवल । विश्वविद्यालय अनुदान आयोगबाट दोश्रोपटक क्यू.ए.ए. प्राप्त लुम्बिनी वाणिज्य क्याम्पसको अवलोकनको लागि मेची बहुमुखी क्याम्पसको टोली बुटवल आइपुगेको छ।
झापा जिल्लाको भद्रपुरमा रहेको मेची बहुमुखी क्याम्पसको क्याम्पस व्यवस्थापन समिति तथा प्राध्यापक सहितको ६ जनाको टोलि बिहीबार  बुटवल आइपुगेको हो।
अवलोकन टोलीलाई क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले स्वागत गर्नुभएको थियो भने स्वागत तथा क्याम्पस अवलोकन पश्चात् दुई क्याम्पसबिच अन्तरक्रियात्मक कार्यक्रम पनि भएको थियो ।

Share