वुटवल / मङ्सिर १४ बुधबार । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा LGBTI Awareness लैङ्गिक समानता कार्यक्रम सम्पन्न भएको छ ।
वर्तमान अवस्थामा जानेर वा अन्जानमा ब्यक्तिगत अथवा  सामाजिक रुपमा लैङ्गिक मतभेद रहेको र ती मतभेद निर्मुलका लागि  लैङ्गिक समानता र लैङ्गिक बिचार सम्प्रेषण गर्ने उद्देश्यले बिबिएम कार्यक्रम अन्तर्गत रहेको CSR सेलले उक्त कार्यक्रम आयोजना गरेको हो।
क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता, बिबिएम कार्यक्रम इन्चार्ज उपप्राध्यापक मधुकर शर्मा तथा बिबिए-एफए कार्यक्रम  इन्चार्ज उपप्राध्यापक द्वारिका प्रसाद गौतमको बिशिस्ट  आतिथ्यता रहेको कार्यक्रममा  Top 10 Finalist Miss Universe Nepal 2022,  Miss Annu Anmol Chhetri  तथा Human Right Activist Lumbini Province Coordinator, Asia First Trans Fashion Choreographer/Youth Iconic leader 2017 Mr. Resham Neupane मुख्य वक्ताको रूपमा रहनुभएको थियो। उहाहरुको आफ्नो कार्य बिवरण, वास्तविक परिचय साथमा लैङ्गिकता सम्बन्धमा सेसन चलाउनु भएको थियो ।


बिबिएम तथा बिबिए कार्यक्रमका करिब  ६१२ विद्यार्थीहरुको सहभागिता  रहेको कार्यक्रम प्रकृति सुबेदीको अध्यक्षता तथा विद्यार्थी महेश आचार्यको संचालनमा सम्पन्न भएको हो।