![](http://lbc.edu.np/uploads/news/images/1692367311.jpeg)
भाद्र १ । बुटवल देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसले डेङ्गु सचेतना अभियान अन्तर्गत ¥याली सम्पन्न गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, स्थानीय टोल विकास संस्था, प्रहरी, प्राध्यापक, कर्मचारी, स्ववियु पदाधिकारी, विहानी सत्रमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा रहेको सचेतनामुलक ¥याली क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले उद्घाटन गर्नुभएको थियो ।
क्याम्पस प्राङ्गणबाट निस्केको ¥यालीले देविनगर क्षेत्रको परिक्रमा गरेको थियो भने डेङ्गु रोगका लक्षण, बच्ने उपाय लेखिएका व्यानर, प्लेकार्ड सहित सहभागिहरु उपस्थित भएका थिए ।
¥यालीको पूर्वसन्ध्यामा बोल्दै प्राध्यापक तथा विद्यार्थीहरुले लामखुट्टेका बासस्थान खोजी गरी फुल, लार्भा, प्युपा नष्ट गर्नुपर्ने, सरसफाइ अभियान नियमित चलाउनुपर्ने, आफ्नो घरमामात्रै सफा राखेर हुँदैन, वरिपरिको सफाइमा पनि ध्यान दिनुपर्ने, लामखुट्टेबाट बच्न शरिर ढाकिने कपडा लगाउनुपर्ने, सुत्ने क्रममा झुलको प्रयोग गर्नुपर्ने लगायतका विचार व्यक्त गर्नुभएको थियो ।