फाल्गुन ६ बुटवल । लुम्बिनी वाणिज्य क्याम्पसको ४२ औ वार्षिकोत्सव समारोह विभिन्न कार्यक्रम आयोजना गरी शनिबार सम्पन्न भएको छ । 
क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतीलाल पाण्डेको अध्यक्षता रहेको उक्त समारोहमा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री माननीय लीला गिरीको प्रमुख आतिथ्यता रहेको थियो । 
झण्डात्तोलन कार्यक्रममा सहभागी भएपश्चात बोल्दै प्रमुख अतिथि गिरीले क्याम्पसले व्यवस्थापन विषयको क्षेत्रमा पु¥याएको योगदानको जति नै प्रसंसा गरेपनि अधुरो हुने बताउदै वाणिज्य क्याम्पस नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस हुनु यस क्षेत्रकै गौरवको विषय रहेको बताउनुभयो । साथै उहाले यस क्याम्पसलाई मानित विश्वविद्यालयमा परिणत गर्नको  लागि आवश्यक शैक्षिक तथा भौतिक विकासमा जस्तोसुकै सहयोगको लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतिलाल पाण्डेको स्वागत एवं अध्यक्षताको मन्तव्य रहेको कार्यक्रममा विशिष्ट अतिथि बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, क्याम्पस संचालक समिति पुर्व अध्यक्ष कुश प्रसाद मल्ली, संस्थापक क्याम्पस प्रमुख महेश्वर प्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजू,  रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेल, चारपाला सामुदायिक बन उपभोक्ता समुहका निवर्तमान अध्यक्ष ओम प्रकाश ठाकुर, नेपाली कांग्रेसका क्षेत्रीय सचिव मिलन थापा, नेकपा माओबादी केन्द्रका नगर उपाध्यक्ष सुदन अधिकारी, जनमोर्चा पार्टीका नगर अध्यक्ष पदम श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका नगर अध्यक्ष हरिसुन्दर वासी, पव्लिक प्राध्यापक संघ ईकाई सभापति धन बहादुर पुन, कर्मचारी संघ लुम्बिनी वाणिज्य क्याम्पस अध्यक्ष राधा पन्थ, विद्यार्थी नेताहरु विजय कार्की, रेशम के.सी., विराज चालिसे, नारायण पाण्डे लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने समारोहमा पूर्व क्याम्पस संचालक समितिका अध्यक्षहरु, पूर्व क्याम्पस प्रमुखहरु , विभिन्न क्षेत्रमा रोजगार/स्वरोजगार भएका विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो । साथै विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ती र साताव्यापी रुपमा सञ्चालन भएका अतिरिक्त क्रियाकलापहरुका विजयीहरुलाई प्रमाण पत्र, मेडल तथा शिल्डले पुरस्कृत गरिएको थियोे । सो अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए । औपचारीक कार्यक्रमको सञ्चालन उपप्राध्यापक रोम नाथ शर्माले र  अनौपचारीक कार्यक्रमको सञ्चालन पुनाराम घिमिरेले गर्नुभएको वार्षिकोत्सव समारोह मुल संयोजक माधव नेपालले जानकारी दिनुभयो ।