ज्येष्ठ ३ । लुम्बिनी वाणिज्य क्याम्पस, इङलिस एण्ड बिजनेस कम्युनिकेसन डिपार्टमेन्टको विभागीय प्रमुखमा उपप्राध्यापक रोम नाथ शर्मा नियुक्त हुनुभएको छ।

इङलिस डिपार्टमेन्टको सुझाव, सदस्य सचिव प्रा.डा. तारा प्रसाद उपाध्यायको सिफारिस तथा लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समिति बैठकको निर्णयबमोजिम  विभागीय प्रमुखमा नियुक्त हुनुभएको शर्माको मंगलवार एक कार्यक्रमकाबिच पदस्थापन समेत सम्पन्न भएको छ। 

 

पद्स्थापन कार्यक्रममा क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुख सह प्रा. विष्णु जोशी, नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय अध्यक्ष उप प्रा. गोपाल प्रसाद पाण्डे, इकाई अध्यक्ष उप प्रा. द्वारिका प्रसाद गौतम, निवर्तमान विभागीय प्रमुख उप प्रा. हिरण्य पन्थी, कर्मचारी संघ इकाई समिति अध्यक्ष सहायक प्रशासक राधा पन्थ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उप प्रा. लक्ष्मण प्रसाद भण्डारीले गर्नुभएको थियो।