बुटवल/वैशाख १६ ।  बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा ममतामयी आमा शिर्षकमा बौद्धिक तथा साहित्यक कार्यक्रम सम्पन्न भएको छ ।

मातातीर्थ औशीको पुर्वसन्ध्यामा क्याम्पसको विविएम कार्यक्रम अन्तर्गत रहेको साहित्यिक समुह र सि.एस.आर. सेलले उक्त कार्यक्रम आयोजना गरेको हो ।

विद्यार्थी सुमिना पाण्डेको अध्यक्षता, क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता, सहायक क्याम्पस प्रमुख सह प्राध्यापक विष्णु जोशी, एमविए कार्यक्रम डाइरेक्टर उपप्राध्यापक माया आचार्य, विविएम कार्यक्रम इन्चार्ज उपप्राध्यापक मधुकर शर्मा, विविए कार्यक्रम इन्चार्ज उपप्राध्यापक द्घारिका प्रसाद गौतमको विशिष्ट आतिथ्यता र विद्यार्थी महेश आचार्यको संचालन रहेको कार्यक्रममा विद्यार्थीहरुले ममतामयी आमा शिर्षकमा रहेर कविता, निवन्ध, कथा, नाटक,  गित लगायत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विविए पाचौ सेमेष्टरबाट रश्मी पोखरेल, रेखा पाण्डे, कविता पौडेलको समुहले प्रस्तुत गरेको नाटकले प्रथम स्थान हाशिल गरेको थियो यस्तै विविएम चौथो सेमेष्टरकी सिसम विश्वकर्माले प्रस्तुत गरेको गितले दोश्रो स्थान र  विविएम छैटौं सेमेष्टरकी अनिसा खानले प्रस्तुत गरेको निवन्ध तथा विविए प्रथम सेमेष्टरकी अंकिता भण्डारीले प्रस्तुत गरेको कविताले तेश्रो स्थान हाशिल गर्न सफल भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवं क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले सम्पुर्ण ममतामयी माताहरुप्रति समर्पित गरेर कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने विशिष्ट अतिथिहरु विष्णु जोशी, मधुकर शर्मा, निर्णायकहरु मित्रलाल, चापागाई,मेघनाथ खनाल,ज्योति श्रेष्ठ, कार्यक्रम संयोजक रस्मिता न्यौपाने लगायतले पनि आआफ्नो भनाई राख्नुभएको थियो ।