बुटवल/वैशाख ०६  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले क्याम्पसको ४१ औ वार्षिकोत्सवको अवसरमा विगत २ महिनादेखि विभिन्न कार्यक्रम गर्दै आएको छ ।
सोही अवसरमा क्याम्पसले सामाजिक उत्तरदायित्व अन्तर्गत वैशाख ३ देखि ५ गतेसम्म गुल्मी र अर्घाखाँची जिल्लाका विभिन्न माध्यमिक विद्यालयमा पुगि लेखा, शेयर बजार तथा अंग्रेजी लेखन सम्बन्धी तालिमहरु सञ्चालन गरेको छ । 
लुम्बिनी वाणिज्य क्याम्पस वि.वि.ए. कार्यक्रमका निवर्तमान संयोजक उपप्राध्यापक ललितमान श्रेष्ठ, वि.वि.एम. कार्यक्रम इन्चार्ज उपप्राध्यापक मधुकर शर्मा, वि.वि.ए. कार्यक्रम इन्चार्ज उपप्राध्यापक द्वारिका प्रसाद गौतम, वित्तशास्त्र विभाग प्रमुख उपप्राध्यापक धन बहादुर पुन लगायतको टोलीले उक्त तालिमहरु प्रदान गरेको हो । सो कार्यक्रमबाट करिब १००० भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएको र यस किसिमका गतिविधिहरु क्याम्पसले नियमित रुपमा संचालन गरिरहने क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।