बुटवल / वैशाख ०६  विश्वविद्यालय अनुदान आयोगबाट  दोश्रोपटक क्यू.ए.ए. प्रमाणपत्र प्राप्त गर्न सफल बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले भौतिक तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नयाँ नयाँ कार्यहरु सम्पन्न गर्दै आएको छ । यसैक्रममा क्याम्पसले नियमित रुपमा गर्दै आएको भिजिटिङ प्रोफेसरका कक्षा अन्तर्गत मंगलबार पडुवा विश्वविद्यालय, इटालीका प्राध्यापक डेभिड गोलर्जी मार्फत कक्षा सम्पन्न गरेको छ ।

एमविए कार्यक्रमका ४० जना विद्यार्थीहरु सहभागि रहेको  अन्तरक्रियात्मक कक्षामा विदेशी प्राध्यापक गोलर्जीले श्रीलंकाको आर्थिक संकट र नेपालको अवस्था लगायतकाबारे  अन्तरक्रिया  गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले आफ्ना भनाईहरु राख्दै प्रोफेसर गोलर्जीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।