चैत २५ बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा सेवा निवृत्त हुनुभएका प्राध्यापकहरुलाई सम्मान तथा आउदै गरेको नववर्ष २०७९ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। लुम्बिनी वाणिज्य क्याम्पस, पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल र कर्मचारी संघ इकाई समितिको आयोजनामा सेवा निवृत्त हुनुभएका प्राध्यापकहरुलाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो। क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायको अध्यक्षता र संचालक समिति अध्यक्ष मोतीलाल पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको संचालन आइक्यूएसी संयोजक पुनाराम घिमिरेले गर्नुभएको थियो भने पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल इकाई समिति अध्यक्ष द्वारिका प्रसाद गौतमले स्वागत मन्तव्य, नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय अध्यक्ष गोपाल प्रसाद पाण्डे तथा कर्मचारी संघ इकाई समिति अध्यक्ष राधा पन्थले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा पुर्व क्याम्पस प्रमुख प्रा. कृष्णप्रसाद गौतम, पुर्व सहायक क्याम्पस प्रमुख सह प्रा. कूल बहादुर कार्की, प्रा.डा. णकृष्ण भट्टराई, पुर्व सहायक क्याम्पस प्रमुख सह प्रा. विनोद ढुंगानालाई सम्मान गरिएको थियो। कार्यक्रममा सम्मानित हुनुभएका प्राध्यापकहरुले आआफ्नो अनुभव पनि राख्नुभएको थियो।