लुम्बिनी वाणिज्य क्याम्पस बुटवल रूपन्देही र नेपाल सरकार उद्योग मन्त्रालय अन्तर्गतको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान त्रिपुरेश्वर काठमाडौँ बीच व्यवसाय सम्बर्धन सेवा Business Incubation Services सञ्चालन सम्बन्धमा सहमतिपत्रमा हस्ताक्षर भएको छ। लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको तर्फबाट क्याम्पस प्रमुख प्रा डा ताराप्रसाद उपाध्याय र औद्योगिक व्यवसाय विकास प्रतिष्ठान को तर्फबाट कार्यकारी निर्देशक श्री इन्जिनियर उमेश कुमार गुप्ता ले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ। नवीनतम व्यावसायिक सोच भएका युवा विद्यार्थीहरूलाई स्टार्टअप तथा उद्यमशीलतामा जोड्नको लागि दुवै संस्थाको समन्वयनमा व्यवसाय संवर्धन सेवा प्रदान गरिने छ ।