सोसल कर्पोरेट रेस्पन्सिबिलिटी अन्तर्गत लुम्बिनी वाणिज्य क्याम्पसले श्री कान्ति माध्यमिक विद्यालयमा प्लस टु (+2) अध्ययनरत विद्यार्थीहरूको लागि क्षमता अभिवृद्धि तथा क्यारियर काउन्सिलिङ तालिम सञ्चालन गरेको छ। उक्त तालिम तीन दिनसम्म चल्ने छ (२०८२ चैत्र २ देखि २०८२ चैत्र ५ गते सम्म) र तालिममा कान्ति माध्यमिक विद्यालयबाट ९०० विद्यार्थीहरूको सहभागिता रहनेछ। तालिमको पहिलो दिन चित्र २ गते ३०० जना विद्यार्थीलाई तालिम प्रदान गरिएको छ।

