विविएका विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस लुम्बिनी वाणिज्य क्याम्पसमा नवआगन्तुक विविए-एफ.ए. का विद्यार्थीहरुका अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
18Sep

विविएका विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • Pauwa Hotel
  • Department of Business and Administration
  • 18 Sep 2019

२ असोज, बुुटवल । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस लुम्बिनी वाणिज्य क्याम्पसमा नवआगन्तुक विविए-एफ.ए. का विद्यार्थीहरुका अभिमुखिकरण कार्यक्रम होटल पौवा योगिकुटीमा बुधवार सम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल पाण्डेले विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक गुणस्तर, व्यवहारिक सिप प्रदान गर्न क्याम्पस निरन्तर लाग्ने कुरा बताउनुका साथै यस क्याम्पसमा सञ्चालित अन्य कार्यक्रम जस्तै विविए कार्यक्रमले पनि राष्ट्रमै उत्कृष्टता हासिल गर्ने आशा व्यक्त गरे ।

८८ जना विविए-एफ.ए. का विद्यार्थीहरुको सहभागिता रहेको अभिमुखिकरण कार्यक्रममा विशिष्ट अतिथि तथा बह्म कुमारी इश्वरिय विश्वविद्यालय क्षेत्रिय कार्यालय बुटवलका सहसचिव ब्रह्म कुमार भरत पौडेलले ‘नैतिकता, अनुशासन, शिक्षा, मुल्य र मान्यता’ विषयमा प्रशिक्षण दिएका थिए । यस्तै अतिथि एवं रोटरी इन्टरनेसनल ३२९२ नेपाल-भुटानका डिस्ट्रिक ट्रेनर राजेन्द्र लम्सालले उत्प्रेरणा सम्बन्धी प्रशिक्षण दिएका थिए ।

क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायको अध्यक्षता, विविएम कार्यक्रम इन्चार्ज उपप्राध्यापक भरत भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन विविए कार्यक्रम संयोजक ललितमान श्रेष्ठले गरेका थिए ।

अभिमुखिकरण कार्यक्रममा नवआगन्तुक बिबिए-एफ.ए का विद्यार्थीहरु समिक्षा पाण्डे, सुदिप तिवारी, चन्दा अग्रहरी, गणेश सुवेदी लगायतले बिबिए कार्यक्रम र लुम्बिनी वाणिज्य क्याम्पस एक अर्काको परिपुरक भएको बताउदै आफुलाई अध्ययन गर्न रुची भएको कार्यक्रम विविए लुम्बिनी वाणिज्य क्याम्पस जस्तो नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पसमा पढ्न पाउदा निकै उत्साहित रहेको कुरा व्यक्त गरेका थिए । साथै उनिहरुले क्याम्पसले विविए कार्यक्रमकै सुरुवातमा १ महिने व्यवहारिक तालिम प्रदान गरेकोमा पनि धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्दै क्याम्पसमा सञ्चालन गरिएको १ महिने विभिन्न आधारभुत तथा व्यवहारिक तालिमको प्रमाणपत्र पनि वितरण गरिएको थियो भने विविए सम्बन्धी सम्पुर्ण जानकारी समेत दिइएको थियो ।

  • 0

    days

  • 0

    hours

  • 0

    minutes

  • 0

    seconds

0 Comments

Post Your Comments