लुम्बिनी वाणिज्य क्याम्पस, अन्तरप्रेरणा र नेपाली युवा उद्यमी मञ्च बिच त्रिपक्षिय समझदारी

११ भाद्र, बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस, अन्तरप्रेरणा प्रा.लि. र नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाबिच त्रिपक्षिय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
27Aug

लुम्बिनी वाणिज्य क्याम्पस, अन्तरप्रेरणा र नेपाली युवा उद्यमी मञ्च बिच त्रिपक्षिय समझदारी

  • Lumbini Banijya Campus
  • Placement Cell
  • 27 Aug 2019

११ भाद्र, बुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस, अन्तरप्रेरणा प्रा.लि. र नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखाबिच त्रिपक्षिय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

अन्तरप्रेरणा प्रा।लि।का प्रमुख कार्यकारी अधिकृत निरज खनाल, नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखा अध्यक्ष सन्दिप कशौधन लगायत बुटवल आएको टोलीसंग बुधवार एक कार्यक्रमका बिच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

यस समझदारी पश्चात उर्जावान शिक्षित युवाहरुको केन्द्र लुम्बिनी वाणिज्य क्याम्पस, उद्यमशिलता विकास गर्ने संस्था अन्तरप्रेरणा प्रा।लि। र उद्यमीहरुको संस्था नेपाली युवा उद्यमी मञ्च सहकार्य गर्दे उद्यमशिलता विकासका लागि मिलेर अगाडि बढ्ने छन । त्यस्तै लुम्बिनी वाणिज्य क्याम्पसका विद्यार्थीहरुले उद्यमशिलताको व्यवहारिक प्रयोगका लागि इन्कुवेशन सेन्टर स्थापना गरीने छ । विद्यार्थीहरुको उद्यमी बन्ने योजनालाई यि तिन संस्थाले आवश्यक विविध पक्षमा सहयोग पनि उपलब्ध गराउनेछ ।

समझदारी पत्रमा हस्ताक्षर गर्दै अन्तरप्रेरणा प्रा।लि।का प्रमुख कार्यकारी अधिकृत खनालले विषयगत ज्ञान दिने समुह र उद्यमीहरुको समुहबिच पुलको काम गर्दै उद्यमशिलता विकास गर्न आफ्नो संस्था अगाडि बढेको र सोही अनुसार त्रिपक्षिय समझदारी भएको कुरा बताए ।

यस्तै नेपाली युवा उद्यमी मञ्च रुपन्देही शाखा अध्यक्ष कशौधनले उर्जावान युवाहरुको उत्कृष्ट शैक्षिक केन्द्र लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत धेरै युवाहरु उद्यमशिलताको क्षेत्रमा आफुले भेटेको कुरा स्मरण गर्दै यो शैक्षिक केन्द्रबाट यस कार्यक्रम पश्चात अझै धेरै युवाहरु सफल उद्यमी भएर निस्किने आशा व्यक्त गरे।

यता लुम्बिनी वाणिज्य क्याम्पसको तर्फबाट समझदारी पत्रमा हस्ताक्षर गर्दै क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुलाई उद्यमी बन्नका लागि प्रेरित गर्दै उद्यमशिलता विषयको गहिराईमा पुग्न र सफल उद्यमी बन्न विद्यार्थीलाई सहज हुने आशा प्रकट गरे ।

सो कार्यक्रमको संयोजन लुम्बिनी वाणिज्य क्याम्पस काउन्सिलिङ तथा प्लेसमेन्ट सेलका संयोजक डिल्लीराज गौतमले गरेका थिए ।

 

  • 0

    days

  • 0

    hours

  • 0

    minutes

  • 0

    seconds

0 Comments

Post Your Comments