बिबिएका विद्यार्थीहरुका लागि आधारभुत तालिम सुरु

११ भदौ, बुुटवल । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस लुम्बिनी वाणिज्य क्याम्पसमा नवआगन्तुक बिबिए–एफ.ए. का विद्यार्थीहरुका लागि १ महिने विभिन्न विषयमा आधारित आधारभुत तालिम सुरु भएको छ ।
26Aug

बिबिएका विद्यार्थीहरुका लागि आधारभुत तालिम सुरु

  • Lumbini Banijya Campus
  • Department of Business and Administration
  • 26 Aug 2019

११ भदौ, बुुटवल ।  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस लुम्बिनी वाणिज्य क्याम्पसमा नवआगन्तुक बिबिए–एफ.ए. का विद्यार्थीहरुका लागि १ महिने विभिन्न विषयमा आधारित आधारभुत तालिम सुरु भएको छ ।

आधारभुत तालिमको उद्घाटन समारोहमा बोल्दै क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले सिप विनाको शिक्षा अर्थ नरहेकाले लुम्बिनी वाणिज्य क्याम्पसको पहिलो प्राथमिकता सिप विकास रहेको कुरा बताए ।

८८ जना विद्यार्थीहरुको सहभागिता रहेको तालिम दुई छुट्टाछुट्टै समुहमा विभाजन गरि संचालन गरिएको छ । आधारभुत तालिम अन्तर्गत एकाउन्टिङ, पब्लिक स्पिकिङ, कम्प्युटर, स्टक मार्केट अपेरेशन, एप्लाईड राइटिङ अंग्रजी तथा नेपाली लगायतका विषयहरुमा तालिम संचालन गरिने कार्यक्रम संयोजक ललितमान श्रेष्ठले जानकारी दिए ।

असोज पहिलो हप्तासम्म संचालन हुने तालिमको पहिलो दिन बुधवार सिए रविन कुमार कार्की, सिए राजमणी भट्टराईले लेखासम्बन्धी तालिम प्रदान गरेका थिए भने डा. नारायण पन्थले व्यवहारिक निवेदन लेखन सम्बन्धी कार्याशाला चलाएका थिए ।

S.N Time Program Resouce Persons
  1 11 A.M Accounting Training Mr. Hari Lamsal, Chartered Accountant
Mr. Rabin Kumar Karki, Chartered Accountant
Mr. Rajmani Bhattarai, Chartered Accountant
  2 11 A.M Applied Writing Training: Nepali Dr. Narayan Pd. Panth
  3 11 A.M Applied Writing Training: English Mr. Madhukar Sharma (M.Phil)
  4 11 A.M Training on Stock Market Operation Mr. Santosh Raj Bajgain
  5 11 A.M Training on Effective Presentation Skill Assoc. Prof. Rajendra Lamsal (Ph.D. Scholar)
  6 11 A.M Public Speaking Training Mr. Gopal Adhakari
  7 11 A.M Computer Training Mr. Shyam Kunwar

  • 0

    days

  • 0

    hours

  • 0

    minutes

  • 0

    seconds

0 Comments

Post Your Comments